
Lnp
Rgp1
Rgp
Sgr
Pbu
Unsku
pku
Srbpu
Ggp

Hal
Ssm
Ggd
nsb
Asm
Wsp
Rgu
Bbbpu
Rgu
Rgs
Bbu
Sbs
Ksm
Gst
Rsb
Vor
Pvg
Sls
Tsm

Pls
Jmb
Rmb
Jmb
Gsb
Abd
bbt
Syp
Mks
Bml
Ptm
sab
Rpp
दाङ । देउखुरीमा ४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थामा मुद्दा परेपछि तीन वटा सहकारी संस्थाहरुले अलग अलग कारोबार सुरु गरेका छन् ।
कानुनी रुपमा देउखुरी बचत तथा ऋण सहकारी संस्थालाई बदर गरि अलग अलग संस्था सञ्चालन गर्न साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था बाधक बनेको एकिकृत भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाले शनिवार सिसहनियाँमा पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको छ ।
राप्ती गाउँपालिकामा रहेको २ ठुला सहित ४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्था एकिकरण भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो । तर सोही संस्थाको सेवा केन्द्र तथा साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिनाको विषयमा मुद्दा परेपछि खारेज गरिएका ३ वटा सहकारी संस्थाहरु आफु खुसी गैरकानुनी तरिकाबाट कारोबार सुरु गरेको विषयमा एकिकरण भएर बनेको संस्थाका लेखा समिति संयोजक रुकमांगत ज्ञवाली, सचिव हरिप्रसाद भुसाल, कोषाध्यक्ष रामकृष्ण पौडेल, सदस्यहरु धर्मराज अधिकारी र कमला बेल्वासेले गत बिहिवार मौरीघाटमा पत्रकार सम्मेलन मार्फत आरोप लगाएका थिए ।
त्यस्तै उनीहरुले खारेज भएका ३ संस्थाले गैर कानुनी तरिकाबाट विज्ञापन, क्यालेण्डर प्रकाशन तथा प्रचारबाजी सुरु गरेको, एकिकृत संस्थाका अध्यक्ष शिवध्वज मल्लले पछिल्लो १ वर्ष देखि नियमित बैठक नबसालेको, आर्थिक वर्ष २०७७÷०७८, २०७८÷०७९ र चालु आर्थिक वर्ष २०७९÷०८० को आन्तरिक लेखा परिक्षण, वार्षिक लेखा परिक्षण (अडिट) र वार्षिक साधारणसभा समेत नगराएको आरोप समेत लगाएका थिए ।
सोही आरोपको खण्डन गर्न एकिरण भएर बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शिवध्वज मल्लको अध्यक्षतामा शनिवार पत्रकार सम्मेलन गरि आरोप लगाइएका विषयमा अध्यक्ष मल्लले स्पष्ट पारेका छन् । त्यस पश्चात एकिकृत संस्था सञ्चालन गर्न गाह्रो भएपछि एकिकृत संस्था बदर गरि पुरानै नाम ठेगानामा अलग अलग संस्था सञ्चालन गर्न ४ वटै सहकारीका पदाधिकारीहरुले निर्णय गरेपनि अलग अलग संस्था सञ्चालन गर्न साविककै महाप्रभु बाधक बन्दै आएको संस्थाका अध्यक्ष शिवध्वज मल्लले जानकारी गराएका छन् ।
संस्था बदर गर्न जिल्ला अदालतले समेत नरोकेको र तत्कालिन आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले संस्था बदरका लागि प्रक्रिया पुरा गरेर ल्याउन सुझाव दिएपछि पनि महाप्रभुकै पदाधिकारीले पत्रमा सहि छाप नगर्दा संस्था बदरको कार्य रोकिएको अध्यक्ष मल्लले जानकारी दिएका छन् । आरोप लगाइएका सवै कुराहरु झुठो तथा सत्यता नरहेकोले कोही पनि नागरिक भ्रममा नपर्न आग्रह गर्दै हाल सञ्चालनमा रहेको साविककै संस्थाहरुबाट करोबार गर्न अध्यक्ष मल्लले सवैमा आग्रह समेत गरेका छन् ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)द्वारा सञ्चालित प्रोवेशन कार्यक्रममा आवद्ध भई दुई पटकसम्म उत्कृष्ट संस्थागत तथा वित्तीय सुशासनका लागि प्रदान गरिने गुणस्तर चिन्ह (प्रोवेशन ब्राण्ड) प्राप्त गरिसकेका २ ठुला सहकारी संस्थाहरु राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर २ लालमटियामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सँगै वडा नम्बर १ पाखापानीमा रहेको जनजीविका, वडा नम्बर ५ सिसहनियाँमा रहेको विहानी बचत तथा ऋण सहकारी संस्थाहरु २०७७ पुस २७ गते एकिरण भएका थिए ।
नेफ्स्कुनकै अगुवाईमा ती २ वटा ब्राण्डेड ठुला सहकारी संस्थाहरुको पहलमा अन्य २ सहकारी संस्थाहरु पनि सहभागी भई एकिकरण कार्यविधि २०७४ को सम्पुर्ण प्रक्रिया पुरा गरि २०७७ पुस २७ गते तत्कालित लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट ती ४ वटै सहकारी संस्थाहरु खारेज गरि नयाँ एकिकृत संस्था देउखुरी बचत तथा ऋण सहकारी संस्था दर्ता भई काम सुरु गरेको र २०७७ माघ १४ गते तत्कालिन लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलबाट संस्था एकिकरणको घोषणा कार्यक्रम गरिएको थियो ।
संस्था एकिकृत पश्चात कारोबार भएको साढे २ महिना पछि नयाँ सफ्टवेरमा डाटा स्थानान्तरण गर्ने क्रममा महाप्रभु सेवा केन्द्रका कर्मचारीहरुबाट ५ करोड २७ लाख २३ हजार ७ सय ३७ रुपैयाँ रकम हिनामिना भएको तथ्य फेला परेपछि एकिकृत संस्थाको सञ्चालक समितिले संस्थामा लेखा हेर्ने विक्रम राना सहितका केहि कर्मचारीहरु माथि मुद्दा दर्ता गरेको थियो । आरोपितहरुले केहि सञ्चालक समितिले पनि रकम हिनामिना गरेको प्रहरीलाई बयान दिएपछि अनुसन्धानका क्रममा साविकको महाप्रभु बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका पदाधिकारी,सदस्य तथा उपसमिति र पुर्व अध्यक्षहरु तानिएका छन् ।

