
Gfs
Lnp
Rgp
Pes
cjs
Sgr
pku
Rgp1
Unsku
Ggp
Djs
Srbpu
Ses
Pbu

nsb
Rsb
Pvg
Rgu
Rgs
Hal
Sbs
Ksm
Vor
Rgu
Wsp
Bbu
Bbbpu
Ggd
Asm
Tsm
Gst
Ssm
Sls

Jmb
Ptm
bbt
Mks
Rmb
Syp
Jmb
Bml
Gsb
Pls
Abd
sab
Rpp
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङले भ्रष्टाचार विरुद्ध घोराहीमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भिर आरोप सार्वजनिक भएको घटना प्रति गम्भिर ध्यानाकर्षण जनाउदै भ्रष्टाचार विरुद्ध कार्यक्रम सम्पन्न गरिएको हो ।
पार्टीका जिल्ला संयोजक भक्त डाँगीको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख सुशील अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
विरोध कार्यक्रमका प्रमुख अतिथी अधिकारीले जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यसप्रकारका घटनाको आरोपित हुन दुखद भएको भन्दै राज्यले यस घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दयरामा ल्याउनु पर्ने बताउनु भयो ।
त्यस्तै विरोध कार्यक्रममा दाङ जिल्ला उपसंयोजक रविन थापा,गुनासो विभाग प्रमुख सिला डाँगी,लमही प्रचार विभाग प्रमुख डिल्लीराज खनाल,दाङ क्षेत्र नंम्वर २ का सदस्य विजय केसीले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण पार्टीका घोराही नगर सचिव विमल जैसीले गर्नु भएको थियो ।
