ओमप्रकाश गुप्ता आइतबार, आषाढ २४, २०८०

दाङ । देउखुरीमा एक बालकको नुहाउने क्रममा खोलामा डुवेर मृत्यु भएको छ ।

आइतबार दिउँसो ३:२५ बजेको समयमा राप्ती गाउँपालिका ३ करम्दी खोलामा नुहाउने क्रममा सुनछहारी गाउँपालिका ३ भित्रीगाम रोल्पा घर भई हाल राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयामा हजुरआमाको घरमा बसेर पढ्दै आएका सनबहादुर बुढामगरका ६ वर्षिय छोरा खिमान बुढामगरको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

साथी सँग नुहाउन गएका ती बालक खोलामा डुवेर घाइते भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घाइते अवस्थामा रहेका ती बालकलाई प्रस्तावित भालुवाङ अस्पतालमा लगे लगत्तै चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए ।

त्यस्तै मृतक बालकको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालको शवगृहमा राखिएको छ । मृतक बालक सिद्वार्थ बोडिङ स्कुल युकेजीमा अध्ययनरत थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]