
Rgp
Asb
Rgp
Ggp
Lnp
Dus
Rgp
Rgp
Pbu
Dbs
Ggp
ksb
Lks
Sgp
Jns
lnp
Usb


दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तरगत कालाकाटे सव डिभिजन वन कार्यालय भित्रका १२ वटा सामुदायिक वनका पदाधिकारीलाई स्थानीय महा संघ तथा सा.व.उ.स को संस्थागत क्षमता विकासको लागि एक दिने तालिम बिहीबार एक कार्यक्रम को बीचमा वडा नम्बर १ मा सम्पन्न भएको छ ।
कुलपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्माको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भिम बहादुर खड्काको प्रमुख आतिथ्यतथा र सो समुहका संस्थापक अध्यक्ष रेशमीराज नेपालीको विशेष अतिथिमा सम्पन्न भएको प्रशिक्षण तालिममा सहभागी ४२ जनालाई समुह व्यवस्थापन, वन तथा वातावरण व्यवस्थापन,आर्थिक आयव्यय, जीविकोपार्जन, समन्वय तथा सहकार्य लगायतको विषयमा हरियो वन कार्यक्रमका अधिकृत हरिस धामीले प्रशिक्षण दिनु भएको थियो ।
सो अवसरमा समुहले निर्माण गर्न लागेको नयाँ सङ्ग्रालायको शिलान्यास कार्यक्रमका प्रमुख अति खड्काद्वारा गरिएको थियो । समुहले निर्माण गर्न लागेको नयाँ सङ्ग्रालायको शिलान्यास गर्दै उपाध्यक्ष खड्काले दाङ जिल्लाको ५ सय बढी सामुदायिक वनहरुको हकमा सो समुह पनि एक नमूनाको रुपमा रहेकोे बताउनु भएको थियो भने कार्यक्रमको संचालन समुहका सचिव दिलबसी बि.कले गर्नु भएको थियो ।
