
Rgp
Lnp
Djs
Rgp1
Unsku
Srbpu
sbs
Sgr
cjs
Pbu
Ggp
Sds
Pes
Gis
Gfs
Rgp
Rmb
Cps
pku

Ggd
Tsm
Wsp
Ksm
Sbs
Gst
Ssm
Bbu
Rgu
Vor
Sls
Rgs
Bbbpu
Hal
nsb
Asm
Pvg
Rsb
Rgu

Pls
Syp
Gsb
Jmb
sab
Ptm
Jmb
Abd
Bml
Mks
bbt
Rpp
Rmb
दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ प्रतिनिधि ओमप्रकाश गुप्ताले आफ्नो ३४ औं जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई पहिलोपटक फलफुल दिएर जन्म दिन मनाएका छन् ।
दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पत्रकार गुप्ताले आश्रममा रहेका बुवाआमाहरूका लागि फलफुल तथा मिष्ठान्न सामाग्री प्रदान गरेका हुन् । फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने बताएका छन् । साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् ।
यस्तै निलसागरका अध्यक्ष प्रकाश विष्टले जन्म दिनमा थोरै भएपनि फलफुल दिएर सहयोग गरेकोमा आभार प्रकट गर्दै जन्म दिनको शुभकामना दिएका छन् । त्यसै गरि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले पनि जन्म दिनको शुभकामना दिएका छन् । उनले शुभकामना संदेशमा पत्रकारिता क्षेत्रमा अझ निखारता आवस भन्ने कामना समेत गरेका छन् ।
