
Djs
cjs
Pbu
Rgp1
Lnp
sbs
Srbpu
Pes
Ggp
Unsku
Gfs
Sgr
Rgp
pku

Ssm
Tsm
Pvg
Wsp
Ksm
Hal
Gst
Sbs
Bbu
Asm
Vor
Rsb
nsb
Rgs
Rgu
Rgu
Sls
Bbbpu
Ggd

bbt
Bml
Ptm
Abd
Gsb
Jmb
Pls
Mks
Rpp
Syp
sab
Jmb
Rmb
दाङ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठले संसार देखाउने आँखा जस्तो महत्वपूर्ण अंगलाई सरसफाईमा ध्यान दिनु पर्ने तथा जोगाएर राख्नु पर्ने बताउनु भयो ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङले शनिबार व्यवसायीहरुका लागि आयोजना गरेको एक दिने आँखा सम्बन्धि तालिमको उद्घाटन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
बेला बेलामा सम्बन्धित डाक्टरहरुलाई आँखाको चेकजाँच गराउन समेत सबैमा अनुरोध गर्नु भएको छ । आँखा हाम्रो अमुल्य ज्योति हो,यदि आँखा भएन भने हामीले केहि गर्न सक्दैनौ,आँखा जस्तो संवेदनशील अंगसंग खेलवाड नगरौं,धुलो धुवा, पुतली जस्ता आँखालाई हानि नोक्सानी पुर्याउने तत्वसंग बच्न र हाम्रा सेवाग्राहीलाई पनि राम्रो सल्लाह सुझाव दिनु पर्छ’- श्रेष्ठले भन्नु भयो ।
त्यस्तै जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले वर्षायाम शुरु भएसंगै आँखामा लाग्ने विभिन्न खालका रोगहरुबाट बच्न सतर्कता अपनाउनु पर्ने बताउनु भयो । त्यस्तै सेता खालका पुतली जो घरमा बालिने बत्तिको उज्यालोमा आउने गर्दछन, त्यस्ता खाले पुतली आँखाको लागि निकै खतरनाक मानिन्छन । यो पुतलीलाई हातले छोएर आँखा मिच्नु हुँदैन, यदि छोई हालेमा साबुन पानीले तुरुन्तै हात सफा गर्नु पर्छ भन्ने खालका सन्देशपनि पनि हामीले समाजमा दिन जरुरि छ’- अध्यक्ष पौडेलले भन्नु भयो ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा जिल्लाभरका ६० जना औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रकाश श्रेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक दिने तालिमको सहजीकरण सचिव सुनिल कुमार रेग्मीले गर्नु भएको थियो ।
मानव जीवनमा सबैभन्दा संवेदनशील अंग भनेको आँखा हो, त्यसकारण यसको सुरक्षामा पनि ध्यान दिन जरुरी छ । बाटो हिँड्दा धुलो, धुवाँ होस् या कलकारखानामा काम गर्दा वा मेसिनेरी उपकरण चलाउने काम गर्दा, स-साना कणहरू आएर आँखामा पर्ने सम्भावना हुन्छ । त्यसकारण आँखाको सुरक्षाका लागि चस्मा लगाउने तथा सुरक्षित उपाय अपाउनुपर्दछ ।
आँखालाई कसरी जोगाउने सकिन्छ ?
सफा पानीले बिहान आँखा पखाल्ने, बाहिरबाट घर आएपछि हातमुख मात्र नभएर आँखालाई पनि अनिवार्य रुपमा सफा पानीले पखाल्नुपर्छ । आँखा चिलाएको छ भने सफा पानीले पखालेर आइसलाई रुमालमा बेरेर आँखालाई चिसोले सक्दा आराम मिल्छ । बाहिर निस्किंदा आँखालाई धुवाँधुलोबाट बचाउन चश्माको प्रयोग गर्नुपर्छ लगायतको विषयमा नेपाल नेत्रज्योति संघ रक्षाचौर तुलसीपुरका दृष्टि विशेषज्ञ डाक्टर ओम प्रकाश यादवले प्रशिक्षण दिनु भएको थियो ।
