Sidha Patra मंगलबार, आषाढ १२, २०८०

झापा । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा बाबु-छोरीको मृत्यु भएको छ।

मंगलबार आज बिहान पौने ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रक र विपरित दिशा बाट आइरहेको प्र–१–०१–००च ७४८२ नंम्बरको कार एक आपसमा ठोकिँएर दुर्घटना हुँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो । मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी छन् । उनीहरु बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

त्यस्तै उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते छन् । घाइते हुनेमा मृतक चौधरीका छोरा १० वर्षीय विकेश चौधरी,४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी,१९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाहको बिएन्डसी अस्पतालमा उपचार भइरहेको रिजालको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]