Sidha Patra सोमबार, आषाढ ११, २०८०

दार्चुला । कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधि बीच कुटाकुट भएको हो।

पालिकामा १३ औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरेको बताइएको छ। हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी गरिएको थियो ।

तर कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुने बेला केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीयको आक्रमणबाट अध्यक्ष उपाध्यायसहित उपाध्यक्ष कमल साउद,वडा नम्बर ७ का अध्यक्ष नवराज कठायत लगायत घाइते भएका छन्।

त्यस्तै स्थानीयले झडपका क्रममा ढुंगामुढा पनि गरेका थिए । यता,जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ५ वर्षदेखि गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खिमडीमा रहेको र गाउँ सभाले वडा नम्बर १ भकुण्डेटार सार्ने निर्णय गरेपछि झडप भएको जनाएको छ।

बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिएकाले हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेको बुझिएको छ। स्थानीयले कार्यालयमा समेत क्षति पुर्‍याएका छन्। राति स्थानीय र जनप्रतिनिधिहरुको लफडा भएपछि भागाभागको स्थिति बनेको थियो। गाउँ सभामा आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ । तर बजेट पारित हुन बाँकी छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]