
Lnp
pku
Pes
Djs
Gfs
Ses
Rgp1
Srbpu
cjs
Sgr
Rgp
Unsku
Ggp
Pbu

Rgu
Vor
nsb
Sls
Rgs
Asm
Sbs
Pvg
Gst
Ggd
Tsm
Rgu
Rsb
Ksm
Hal
Bbbpu
Bbu
Wsp
Ssm

Jmb
Rpp
Abd
Ptm
Bml
sab
Mks
Syp
Rmb
Jmb
Pls
bbt
Gsb
दाङ । घोराही उपमहानगरपालिकाद्वारा अनुदानमा कृषि औजार वितरण गरेको छ ।
कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको हो । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर,२० मिनी पावर टेलर,एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ ।
कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही पालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।
त्यस्तै कृषि विकास शाखा प्रमुख खनालका अनुसार एक करोड १९ लाख ८५ हजारमा बोलपत्र भएकामा ९५ लाख ९५ हजार नौ सय ९० बोलपत्र स्वीकृति भएको थियो । नगरको तर्फबाट ४९ लाख ७३ हजार चार सय ६० किसानलाई अनुदान दिइएको उनले जानकारी दिए । यस्तै उनका अनुसार पालिकाले १९ वडाका ६२ किसानलाई ४० लाख बराबरको कृषिऔजार उपकरण वितरण गरेको हो ।
किसानलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताए ।
त्यस्तै घोराही उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पालिकाका एक सय ६८ किसानलाई विभिन्न कृषि उपकरण वितरण गरेको पालिकाको कृषि शाखाले जनाएको छ ।
