
Unsku
Rgp1
Pbu
Ggp
Rgp
Pes
sbs
cjs
pku
Lnp
Sgr
Djs
Gfs
Srbpu

Rgu
Ksm
Bbu
Ssm
Pvg
Sbs
Tsm
nsb
Hal
Rsb
Rgu
Rgs
Wsp
Vor
Ggd
Gst
Sls
Bbbpu
Asm

bbt
Bml
Mks
Pls
Gsb
Abd
Syp
Rmb
sab
Jmb
Jmb
Ptm
Rpp
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।’मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।
त्यस्तै मन्त्रीसँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो । गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । अस्पताल पुर्याएको ३५ मिनेटपछि नेपालगन्ज शिक्षण अस्पतालले मन्त्री सिंहलाई मृत घोषणा गरेको थियो ।
