
Lnp
Pes
Ggp
Ses
Pbu
Unsku
Gfs
Srbpu
Sgr
cjs
Rgp
Rgp1
pku
Djs

Tsm
Pvg
Sbs
Ssm
Ggd
Vor
Asm
Rgs
Ksm
Bbu
Hal
nsb
Rgu
Sls
Bbbpu
Rsb
Rgu
Gst
Wsp

Rpp
Abd
Jmb
Mks
Syp
Ptm
Rmb
Bml
Pls
Gsb
Jmb
sab
bbt
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही शाखालाई ज्ञापनपत्र बुझाएको छ ।
दाङ देउखुरी क्षेत्रमा केहि दिनदेखि विद्युत अनियमित तथा अघोषित लोड सेडिङले आम सञ्चार माध्यम, उद्योगी,व्यापारी लगायत आम नागरिकहरुमा असर पुग्नुका साथै नोक्सानी पुगेको ठहर गरि यथाशिघ्र विद्युत नियमित सुचारु गर्न माग गरेको छ ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीका निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर कमल पुनलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष अर्जुन अधिकारीले विद्युत झ्याप झ्याप काट्दा सञ्चारमाध्यम सहित उद्योगी,व्यापारीलाई ठुलो मार परेकाले यथाशिघ्र विद्युत आपूर्ति नियमित बनाउन आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष अधिकारीले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङको विद्युत महसुल काउन्टर सार्न लागेको भन्ने गुनासो आएकोले सो कार्य रोक्न र आम राप्तीबासीलाई एकै ठाउँबाट विद्युत महसुल बुझाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।
सो ज्ञापनपत्र बुझ्दै निमित्त कार्यालय प्रमुख पुनले अघोषित लोड सेडिङ विद्युत प्राधिकरणले चाहेर गरेको वा जनतालाई दुख दिन खोजेको नभई नदीमा पानीको बहाव घट्न गई विद्युत उत्पादन आपूर्तिमा समस्या देखिएकोले राष्ट्रिय प्रसारण लाइनबाटै समस्या उत्पन्न भएको हुँदा अब पानी परेमा केही दिनमै समस्या अन्तय हुने बताएका छन् । त्यस्तै उनले भालुवाङमा रहेको विद्युत महसुल काउन्टर नसर्ने कुरामा विश्वस्त रहन आग्रह गर्दै समग्र राप्तीबासीलाई एकै ठाउँबाट विद्युत महसुल बझाउन काउन्टर स्थापना गर्न पहल गर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझाउन मञ्च अध्यक्ष अधिकारी सहित मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महासचिव ओमप्रकाश गुप्ता, सदस्य किरण जिसी र साधारण सदस्यहरू देवेन्द्रराज कंडेल, सिर्जना थापा, लक्ष्मी पोख्रेल गएका थिए ।
