
Gfs
Srbpu
Ggp
Lnp
pku
Rgp1
sbs
cjs
Unsku
Sgr
Pbu
Pes
Rgp
Djs

Rgu
Sls
nsb
Pvg
Bbbpu
Ksm
Ssm
Sbs
Rgs
Hal
Rgu
Gst
Vor
Bbu
Asm
Tsm
Wsp
Rsb
Ggd

Ptm
sab
Mks
Syp
Bml
Abd
Jmb
Rpp
Pls
bbt
Gsb
Jmb
Rmb
कैलाली । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए । नेपाली काङ्ग्रेसका सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् ।
डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
मन्त्रीसहित पाँचजना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये मन्त्री सिंहकी श्रीमती र भाउजूको मृत्यु भइसकेको छ । उनका पीएसओ दीपक भण्डारी गम्भीर घाइते छन् ।
