
Pbu
Rgp1
Sgr
Lnp
Rgp
Ggp
Srbpu
pku
Unsku

Sbs
Rgu
Bbu
Vor
nsb
Rsb
Rgs
Rgu
Ksm
Wsp
Tsm
Hal
Sls
Asm
Pvg
Gst
Ggd
Ssm
Bbbpu

Rmb
Mks
Jmb
Syp
Jmb
Ptm
Pls
bbt
Bml
Gsb
sab
Rpp
Abd
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्।
मेयर शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ,’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्। उनले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्याउने काम भएमा समिति विघटन गर्ने चेतावनीसमेत दिएका छन्। यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाइ फौजदारी मुद्दा चलाउन पहल गर्ने उनको भनाइ छ।
त्यस्तै सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ अनुसार कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि कार्य गर्न बन्देज गरिएको उनले उल्लेख गरेका छन्।बालेन शाहद्वारा पोष्ट स्टार्ट 
