
cjs
Pes
Ggp
pku
Gfs
sbs
Rgp
Sgr
Rgp1
Srbpu
Pbu
Djs
Lnp
Unsku

Pvg
Hal
Ksm
Wsp
Ssm
Rgs
Bbbpu
Sbs
Rsb
Vor
Bbu
Sls
Rgu
nsb
Asm
Ggd
Tsm
Rgu
Gst

Jmb
Mks
Ptm
Abd
sab
Syp
Rpp
Pls
Jmb
Bml
Rmb
Gsb
bbt
दाङ । मानव स्वास्थ्यमा एण्टिबायोटिक औषधिले निकै असर पुरयाउने बिषयमा शुक्रवार देउखुरीको लमहीमा पत्रकारहरुसंग सचेतनामूलक कार्यशाला सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी को संयुक्त साझेदारीमा लमहि स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा मिडिया मार्फत एण्टिबायोटिक औषधिको असरका बारेमा आम नागरिकहरु समक्ष सचेतना प्रबाह गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थीले बताउनु भएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएएआईडी को संयुक्त साझेदारीमा यस्तो कार्यक्रम देशका सातवटै प्रदेशहरुमा गर्न थालिएको र कतिपय प्रदेशहरुमा कार्यक्रम सम्पन्न भै सकेको युएसए आईडीका सिनीयर टेक्निकल सल्लाहकार डा.सन्तोष दुलालले जानकारी दिनुभयो । मानव, पशुपंक्षि र वातावरणमा सुच्छ्म जिवाणुहरुले पार्ने गरेको असरका कारण बिश्व स्तरमै प्रतिजैबिक प्रतिरोधी (एएमआर) अभियान अन्तर्गत एण्टिबायोटिक नियन्त्रणका लागि बिश्व स्वास्थ्य संगठन मार्फत बिभिन्न राष्ट्रहरुमा पहल भै रहेको कार्यक्रममा जानकारी गराइएको हो ।
एएमआर नियन्त्रण अभियानमा खोज पत्रकारीताको माध्यमबाट मिडीया क्षेत्रको महत्वपुर्ण भूमिका रहने कार्यक्रममा बताइएको हो । महाशक्तिशाली सुच्छ्म जिबाणुहरुले मानव, पशुपंक्षि र वातावरण माथी प्रहार गरिरहेका कारण एण्टिबायोटिक औषधिहरुले पनी काम गर्न छोड्ने अबस्था आएको एक अध्ययनले देखाएका डा. बिवेका श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो । मानव जगतले खाद्यान्न तरकारी पशुपंक्षिको माध्यमबाट तथा मेडिकल मार्फत जथाभावी रुपमा एण्टिबायोटिक खाईरहेको अवस्थाले भविश्य नै खतरामा पर्ने संकेत देखिएको अध्ययनले बताएको कार्यशालामा जानकारी गराइएको छ ।
नयाँ नयाँ अनुसन्धान र करोडौंको लागतबाट एण्टिबायोटिक औषधिहरु उत्पादन हुने गरेको र घातक सुच्छ्म जिबाणुहरुका कारण औषधिको रोग प्रतिरोधात्मक क्षमता समेत नष्ट हुदै आएकोले हाल आएर एण्टिबायोटिक औषधिले समेत काम गर्न छाडिसकेको कार्यक्रममा बताइएको छ । एण्टिबायोटिक प्रयोग सम्बन्धि राष्टिय निर्देशिका बमोजिम जथाभावि रुपमा भै रहेको एण्टिबायोटिकको किनबेच र प्रयोग रोक्नुपर्ने बिषयमा अभियान चाल्नुपर्ने र अभियानलाई सरोकारवालाहरु सबैले साथ दिनुपर्ने बताइएको छ ।
त्यस्तै सबै क्षेत्रको समन्वय र सहकार्यका माध्यमबाट बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले ल्याएको यो अभियान सार्थक बनाउन एएमआर राष्ट्रिय कार्ययोजनामा उल्लेख गरिएको बताइएको छ ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिज डा. जनार्दन पन्थीले उदख्घाटन गर्नुभएको कार्यशालाको सहजिकरण युएएआईडिका डा. सन्तोष दुलाल, डा.बिवेका श्रेष्ठ, डा. मदन कुमार उपाध्याय र मिडियाकर्मि अर्जुन अधिकारीले गर्नु भएको थियो ।
