
sbs
cjs
Sgr
Pes
Gfs
Srbpu
pku
Rgp1
Lnp
Pbu
Ggp
Djs
Rgp
Unsku

Ggd
nsb
Ssm
Hal
Rgs
Tsm
Asm
Wsp
Sbs
Rsb
Rgu
Bbbpu
Bbu
Gst
Rgu
Sls
Ksm
Vor
Pvg

Rpp
Bml
Pls
Rmb
Ptm
Jmb
bbt
sab
Mks
Abd
Syp
Jmb
Gsb
काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शन गर्ने क्रममा प्रहरी संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल,उपेन्द्र कुइकेल रहेका छन् । उनीहरुलाई अहिले नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ।
त्यस्तै उनीहरुले सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, चुरे ध्वस्त पार्न पाइदैँन : मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शिर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो?, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।अनलाइनखबर
