
pku
Srbpu
Rgp
Ggp
Sgr
Pes
Unsku
cjs
Lnp
Gfs
Ses
Djs
Pbu
Rgp1

Ksm
Bbbpu
Wsp
Sbs
Tsm
Rgu
Sls
Pvg
Asm
Vor
Rgu
Rgs
Rsb
Ssm
Bbu
Ggd
nsb
Gst
Hal

Mks
Syp
Rpp
Rmb
Jmb
Jmb
bbt
Abd
sab
Pls
Gsb
Ptm
Bml
दाङ । आफ्नो जन्मदिनको सुखद अवसरमा लमही नगरपालिकाका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
देउखुरी उद्योग बाणिज्य संघका सदस्य,लमही जेसिजका सदस्य,देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायि समितिका निवर्तमान कोषाध्यक्ष तथा युनिक मोबाइल रिपेरिङ सेन्टरका संचालक लुमाकान्त बोहराले लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित अर्जुन माविमा अध्ययनरत २ जना विद्यार्थीलाई ८ हजार मुल्यको शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
जन्म दिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बोहराले बताए । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी बोहराको भनाई छ ।
अर्जुन मावि हस्नापुरका शिक्षक लक्ष्मण चौधरीले बोहरालाई जन्मदिनको शुभकामना दिदै बोहराले जस्तै अन्य युबाले पनि होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा लगाएमा कसैलाइ सहयोग पुग्ने बताए ।
बोहरा ३५ वर्ष पुगेको उपलक्ष्यमा विद्यार्थीहरुलाई , झोला,बिद्यालय पोसाक,कपी,कलम सहित शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनी सामाजिक क्षेत्रमा क्रियासिल रहदै आएका छन् ।
