
Ses
Gfs
Pbu
Unsku
cjs
Srbpu
Rgp
pku
Djs
Rgp1
Sgr
Lnp
Ggp
Pes

Bbbpu
Pvg
Vor
Ksm
Wsp
Ggd
Rgu
Sbs
Tsm
Hal
nsb
Sls
Rgs
Gst
Asm
Bbu
Rgu
Ssm
Rsb

Mks
Jmb
Abd
Rmb
Bml
Ptm
bbt
Pls
Rpp
Gsb
sab
Jmb
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर बस्ने वर्ष २९ का चाम बहादुर कार्की गत २०७९ फागुन पहिलो सातादेखि दुबै मृगौला फेल भएर मृत्युसंग संघर्ष गरि रहेका छन् ।
वैदेशिक रोजगारीका लागि भनेर गत फाल्गुनको पहिलोहप्ता भैरहवा मेडिकलमा स्वास्थ्य परिक्षण गराउदा कार्कीलाई प्रेसर बढी देखिएको थियो । त्यसपछि कार्की आफ्नो शेरबहादुर कार्की अंकलसंग भारतको उत्तर प्रदेश बलामपुर जेडिकुइया स्थित नर्सिङ पपुलर मेडिकलमा प्रेसरको उपचार गराउन पुगेको बताए ।
भारतमा प्रेसरको उपचार गराएर घर फर्केपछि प्रेसर घटेर ठिक भएको थियो । तर दुखको कुरा केहि दिनपछि कार्कीले दुबै मृगौला र आँखाको ज्योति गुमाउँन पुगे । कार्कीका अनुसार अहिले आफुले २५% जति मात्र आँखा देख्ने गरेको र बाँकी ७५% गुमाइसकेको बताए ।
घर परिवारबाट छुट्टीएर बसेका उनको सम्पत्तिको नाममा २ कठ्ठा जग्गा मात्र रहेको छ । त्यस्तै उनको घरमा श्रीमती र दुईवटा छोरी रहेका छन् भने आर्थिक अवस्था भने साह्रै कमजोर रहेको छ । हप्तामा दुईपटक डाइलोसिस गर्नु पर्ने र एकपटक डाइलोसिस गर्दा करिब साढे छ हजार लाग्ने गरेको मृगौला पीडित कार्कीले बताए ।
गाउँपालिकाबाट १० हजार सहयोग प्राप्त भएको र अहिले गाउँपालिकाले महिनामा पाँचहजार दिने भएको छ । तर उक्त रकम कुनै छेउटुप्पो लाग्ने छैन,त्यो पनि अझै गाउँपालिकाले उपलब्ध गराएको छैन । जीवन रक्षाका लागि उनले सबैसंग सहयोगको याचना समेत गरेका छन् ।
त्यस्तै अहिले उनको उपचारको लागि विभिन्न स्थानहरुमा सहयोग रकम संकलन गरिदै छ । हालसम्म धेरै सहयोगी दाताहरुले सहयोग उपलब्ध गराएको र अझै थप उपचारको लागि धेरै रकम आवश्यक पर्ने भएको हुँदा सहयोगका लागि देश तथा विदेशमा बस्ने सबै नेपालीहरुमा घरपरिवारले अनुरोध गरेका छन् ।
त्यस्तै सहयोग गर्न चाहने महानुभावले बैंकक मार्फत पनि सहयोग गर्न सक्नु हुनेछ । जसका लागि खाता नम्बर निम्न रहेका छन् ।
चाम बहादुर कार्की
ज्योति बिकास बैंक खाता नम्बर ०४५०१३००५६५३०५०००००१
दिलबहादुर कार्की क्षेत्री
एनआइसी एशिया बैंकक खाता नम्बर ३५२५७५२७२८६२७००१
सम्पर्क व्यक्तिहरु:
चाम बहादुर कार्की ९८६९१२१४२६
प्रेमबहादुर खत्री ९८४४८४७९६५/९८०८४१३८२८
शेरबहादुर कार्की ९८२२८४६०९४
