
Ggp
Unsku
Sgr
Rgp
Pbu
Gfs
Djs
pku
Lnp
cjs
Ses
Rgp1
Srbpu
Pes

Ggd
Hal
Bbu
Tsm
Vor
nsb
Pvg
Rgu
Rgu
Sbs
Gst
Asm
Ssm
Bbbpu
Ksm
Rsb
Sls
Wsp
Rgs

Syp
Pls
Bml
Rmb
bbt
Abd
Ptm
Gsb
Jmb
Mks
Rpp
Jmb
sab
दाङ । देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् ।
लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चाैकीमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चाैधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षिय सुन्दर चाैधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
यस्तै घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

