
sbs
Pes
Sgr
Ggp
Gfs
Djs
cjs
Lnp
Unsku
pku
Srbpu
Pbu
Rgp1
Rgp

nsb
Pvg
Bbu
Ggd
Vor
Ksm
Ssm
Rgs
Asm
Gst
Sbs
Wsp
Hal
Sls
Bbbpu
Tsm
Rgu
Rgu
Rsb

Pls
Bml
Abd
Rmb
sab
Ptm
Mks
Rpp
Jmb
Syp
bbt
Gsb
Jmb
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत पूजापाठ गरि उद्घाटन गरेका हुन् ।
विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि,समाजेसेवी,समाजका अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।
त्यस्तै उक्त उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जिल्लामै शान्ति, सुरक्षा कायम राख्न प्रहरीले अहाेरात्र खटिरहेकाे बताएका छन् । उनले यस प्रहरी कार्यालयले नागरिकलाई सुरक्षाको अनुभुति गराउन सफल भएको दाबी गरे । शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यहाँका नागरिकले पूर्ण सहयोग रहेकाे बताउँदै प्रहरीहरुलाई आफ्नो कर्तव्य पू्र्ण रुपमा पालना गर्न निर्देशनसमेत दिए । प्रहरी उपरीक्षक बस्नेतले नागरिककाे साथी बनेर नागरिकले अनुभुति गर्ने गरि काम गर्न अनुरोध गरे ।
यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले धर्म, संस्कृतिकाे संरक्षण गर्नु सबैकाे कर्तव्य भएको बताएका छन् । यसले हाम्रो समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भाइचाराकाे सम्बन्ध कायम गर्न अहम भूमिका निर्वाह गर्ने अध्यक्ष थापाकाे भनाइ छ ।
उनले इलाका प्रहरी कार्यालयले यस क्षेत्रका जनतालाई सुरक्षा अनुभूति दिलाएकाे बताउदै सधैँ सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । त्यस्तै दुर्गा मन्दिर निर्माण लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको छ ।
