
Gisld
Rbs
Mbdvs
Sds
Pbu
mbd

Vor
Rgu
Rgu
Gst
Wsp
Hal
Tsm
Rsb
nsb
Sls
Ksm
Sbs
Ssm
Bbbpu
Rgs
Pvg
Asm
Ggd
Bbu

Bml
bbt
Ptm
Gsb
sab
Pls
Syp
Mks
Abd
Rpp
Jmb
Jmb
Rmb
दाङ । गणतन्त्र,धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ । संघीयता खारेज गरौ भन्ने मूल नारा सहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन गर्नु हुँदै भारतले नेपालकाे प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुइ घण्टा अगाडी राष्ट्रपति रामचन्द्र पाैडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे तत्काल फिर्ता गर्न राजमोले देशैव्यापी विरोध सभा गरेकाे छ। आचार्यले भन्नु हुंदै देश फिजीकरण र सिक्किमीकरण भई भारतीय संघमा विलय हुने झन बढी खतरा देखियो ।
त्यसकारण संघियता खारेजी र गणतन्त्र, धर्म निरपेक्षता जोगाउन सिंगो देशका जनता सङ्घर्षमा उतरिनुको विकल्प छैन भन्नु भयो। नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हरु अखण्ड भारत र नागरिकता विधेयकको बिषयमा मौन छन भने राजमो एक्लै जनताको पक्षमा जनताको आवाज उठाईरहेकाे छ।
त्यसैगरी अखिल नेपाल किसान सङ्घका मनिराम खनालले विरोध सभालाई सम्बोधन गर्दै भारतीय साम्राज्यवाद द्धारा लुम्बिनी – कपिलवस्तु सहितका नेपाली भुमि भारतीय नक्सामा राख्ने कार्यका विरूद्ध नेपाली किसान मजदुर सबै जनता एकताबद्ध भएर लाग्न आह्वान गर्नु भयो भने विरोध सभालाई सञ्चालन राजमो जिल्ला सदस्य सुशिल पोख्रेलले गर्नू भएको थियो ।

