
Gfs
cjs
Djs
Srbpu
Pbu
Sgr
pku
Ses
Pes
Lnp
Rgp1
Rgp
Unsku
Ggp

Rgu
Gst
Sls
Rsb
nsb
Rgs
Ggd
Sbs
Vor
Asm
Wsp
Ssm
Ksm
Tsm
Rgu
Bbbpu
Bbu
Pvg
Hal

sab
Pls
Bml
Gsb
Abd
Rmb
Jmb
Syp
bbt
Mks
Rpp
Ptm
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले मन्दिरको बिधिवत उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडाध्यक्ष गिरीले धर्मकर्मका लागि मन्दिर आबस्यक रहेकोले बजेट बिनियोजन गरि रामजानकी मन्दिर निर्माण गरिएको बताए । उनले मन्दिर परिसरका जग्गा सँरक्षण गर्दै पार्क र पिकनिक स्पर्टको योजना अगाडि सारिएको बताए । स्थानीय स्तरका पर्यटकलाई भित्र्याउन सकियो भनेपनि बिस्तारै अन्यत्र प्रचारप्रसार हुने र जसले गर्दा आम्दानीको श्रोत बढ्न सक्ने बताए ।
वडाको ५ लाख र हसनापुर-बेला जोड्ने पुल निर्माण कम्पनीको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिरमा विभिन्न भगवानहरुको मुर्ती राखिएको छ । मन्दिर दर्शन र भजन किर्तनले मनमा सन्तुष्टि हुने बिश्वास गरिन्छ । भजन किर्तनका लागि मन्दिर नहुँदा समस्या थियो । मन्दिर बनेपछि अहिले त्यो बाध्यता हटेको छ ।
हप्ताको प्रत्यक मँगलबार भजनकिर्तनको कार्यक्रम राखिने हसनापुर टोलबिकाश सँस्थाका अध्यक्ष मन्साराम चौधरीले जानकारी दिए ।

