
Ksbus
Ksbus
Sdc
Lnp
Ggp
Asbus
Msbus
Rgp
Ggp


दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान विनेसाप्र दाङद्वारा शनिबार घोराहीमा भव्य कार्यक्रमका बीच साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.को अध्यक्षता तथा विनेसाप्र लुम्बिनी प्रदेशका अध्यक्ष भावना खनालको प्रमुख आतिथ्यता र नारायण शर्मा,विनेसाप्र महासचिव तेजप्रसाद खनालको विशिष्ट अतिथिमा कार्यक्रम भएको हो ।
वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा उच्च प्राज्ञीक व्यक्तत्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्तमकृष्ण मजगैया,स्वर्ण शिखा,नारायण नेपाल,लोकराज पराजुली,यागेश्वर बस्नेत,डिल्लीराज श्रीधर,टिकाराम उदासी,पिताम्बर रिजाल,खगराज न्यौपाने,रमा पन्त,पुरुषोत्तम खनाल, शारदा शर्मा,गणेश विषम,सन्ध्या रेग्मी,विना रोका, हुमबहादुर डिसी,नारायण जिज्ञासु,सन्जना शर्मा सुरेश कुमार पाण्डे,वसन्त अनुभव लगायतले रचना वाचन तथा शुभकामना व्यक्त गर्नु भएको थियो।
नरेशजंग राणाद्वारा लिखित स्मृतिका पानाहरु शीर्षकको गजल सङ्ग्रह लोकार्पण तथा लेखनाथ पौड्याल स्मृती कार्यक्रममा बोल्दै प्रमुख अतिथि भावना खनालले साहित्यिक कार्यक्रममा नयाँ पिढीहरुलाई समेटनुपर्ने धारणा व्यक्त गर्दै कृतिकार राणाको कृति सफलताको शुभकामना ! व्यक्त गर्दै रचना वाचन गर्नु भयो। त्यसैगरी प्रदेश महासचिव तेजप्रसाद खनालले शुभकामना ! व्यक्त गर्दै चारु वाचन गर्नु भएको थियो। प्राध्यापक हरेकृष्ण ज्ञवालीले लेखनाथ पौड्यालको व्यक्तत्व र कृतित्वको समालोचना गर्नु भएको थियो ।
त्यस्तै राणाद्वारा लिखित गजल सङ्ग्रहको समीक्षा भने कार्यक्रम अध्यक्ष डा. कृष्णराज डिसीले गर्नु भएको थियो। साथमा रचना वाचन समेत गर्नु भएको थियो। कार्यक्रम निक्कै सव्य र भव्य रुपमा सम्पन्न भएको थियो । यस कार्यक्रमका बीच दुईवटा अक्षय कोष समेत खडा गरिएको छ । नरेशजंग राणाले आफ्नी स्वर्गीय श्रीमती मञ्जु राणाको स्मृतिमा मञ्जु राणा स्मृति साहित्य प्रज्ञा पुरस्कार खडा गर्नु भयो भने चन्द्रप्रकाश देवकोटाले स्वर्गीय श्रीमतीको स्मृतिमा गोमाकला साहित्य स्मृति प्रज्ञा पुरस्कार खडा गर्नु भएको छ ।
करिब ८० जना साहित्यकारहरुको सहभागीता रहेको सि कार्यक्रमको सहजीकरण संस्थाका जिल्ला सचिव निमबहादुर थापाले गर्नु भएको थियो।
