
Lnp
Ggp
pku
Unsku
Rgp1
Pbu
Sgr
Rgp
Srbpu

Sbs
Ggd
Tsm
Pvg
Asm
Wsp
Rgu
Rgs
Bbu
nsb
Gst
Rgu
Rsb
Hal
Ssm
Ksm
Sls
Bbbpu
Vor

Bml
Jmb
bbt
Syp
Pls
Gsb
Ptm
sab
Rpp
Mks
Abd
Rmb
Jmb
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।
उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाई गर्ने बताउनु भयो । उहाँले मापसेलाई निरुत्साहित गर्न सरप्राइज चेकिङ शुरु गरिने र मापसे गरेर सवारी चलाउनेलाई १ घन्टा क्लास लिन सुरु गरेको र दुर्घटनामा धेरै कमि आएको सुनारले जानकारी दिनु भयो ।
त्यस्तै उहाँले अटो रिक्सा, ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई-रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिनु भयो । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने सुनारले बताउनु भयो । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाई गरिने उहाँले बताउनु भयो ।
त्यस्तै उपलब्ध जनशक्ति र स्रोत साधनको उपयोग गरेर दुर्घटना न्यूनीकरणको प्रयास गरिने उहाँको भनाई छ । आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महसुस गराउने गरी काम गर्ने समेत बताउनु भएको छ ।

