
Gfs
Pbu
Srbpu
Ggp
Lnp
Pes
Sgr
Rgp1
pku
cjs
Unsku
sbs
Djs
Rgp

Gst
Rgu
Bbu
Asm
Ssm
Vor
Wsp
Rgu
Ggd
Tsm
Hal
Rsb
Ksm
Sbs
Pvg
nsb
Rgs
Sls
Bbbpu

Rmb
sab
Bml
Rpp
Ptm
Syp
Jmb
bbt
Abd
Pls
Mks
Jmb
Gsb
कपिलवस्तु । दृष्टिविहिनतालाई न्यूनिकरण गर्न कपिलवस्तुका सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ भन्ने मुल नारा सहितको उज्यालो अभियान कार्यक्रमलाई अगाडी बढाई, दृष्टिविहिनतालाई न्यूनिकरण गर्न हातेमालो गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल कपिलबस्तुमा आयोजना गरिएको छलफल सहभागी पालिकाका प्रमुख उपप्रमुख र प्रशासकहरुले पालिकामा भएको अन्धोपन न्यूनिकरणका लागि साझेदारी गर्ने बताए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले राष्ट्रिय आँखा स्वास्थ्य रणनिति २०७९÷८६ अन्तर्गत सरकारको नेतृत्वदायी भुमिका मार्फत आँखा स्वास्थ्य सेवा लाई थप गुणस्तरीय सेवाग्राही मैत्री बनाउदै लैजाने भएकाले सोहि अन्तर्गत हालसम्म आँखा स्वास्थ्य सम्वन्धि सेवा मुलक बैदेशिक अनुदान तथा गैरसरकारी क्षेत्रद्वारा सञ्चालन भई हरेको र रणनिती कार्यान्वयन भएपश्चात संघ प्रदेश र स्थानीय सरकारले क्रमश लगानी वृद्धि गर्दै बहुक्षेत्रीय समन्वय,सहकार्य र साझेदारी मार्फत वित्तिय सुनिश्चत गर्ने उल्लेख भएकाले साझेदारी र साथ सहयोग आवश्यक रहेको आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले बताउनु भयो ।
उहाँले कपिलबस्तु, बाणगंगा नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवि, शुद्धोधनगाउँपालिकामा रहेको अन्धोपनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । थापाले नगरपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराउनु भएको थियो ।
छन्द कालेबाबु नारायणी आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए । त्यस्तै स्वास्थ्य आँखा, सुन्दर समाज सरकारको दिर्घकालिन सोच हरेको भन्दै सरकारको लक्ष्य गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समता मुलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने रहेको भन्दै त्यस तर्फ सवै लाग्नु पर्ने बताउनु भयो । थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷८६ को विषयमा सहभागीहरुलाई प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा अहम भुमिका खेलेको बताउनु भयो । नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापना कालदेखिनै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवं बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक,पुनःस्थापना तथा सचेतनात्मक सेवागर्दै आइरहेको बताउनु भयो ।
त्यस्तै उहाँले नेपाल नेत्रज्योति संघ दाङले तीन वटै आँखा अस्पतालहरु र उपचार केन्द्रहरु सञ्चालन गरि लुम्बिनी प्रदेश अन्तर्गतको जिल्लाहरुका साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्मक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
आचार्यले सबै पालिकाहरुको सहकार्यलेमात्र अन्धोपन न्यूनिकरण गर्न सकिने भन्दै सहयोग गर्न आग्रह गर्नु भयो ।’ नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालमा मित्र राष्ट्र भारतका जनताले पनि सेवा लिई रहेको भन्दै यो सबै कपिलबस्तुबासीको गौरवको कुरा भएको सुनाउनु भयो ।
त्यस्तै समन्वय समितिका उपाध्यक्ष रमेश कुर्मीले आफुहरुको साथ सहयोग सधै रहने बताउनु भयो । यस्तै कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले आँखा जस्तो सम्वेदनशिल क्षेत्रमा आफुहरु गम्भीर भएको बताउनु भयो । उहाँले अन्धोपन न्यूनिकरणका लागि आफ्नो पालीकाबाट हुन सक्ने सबै सहयोग हुने बताउनु भयो । नेपाल नेत्रज्योति संघ कपिलबस्तुका सभापति मनोज श्रीवास्तवले सवै मिलेर अन्धोपन न्यूनिकरण हुने बताउनु भयो।
छलफल कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, मायादेवि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादव, मायादेवि गाउँपालिकाका महेन्द्र प्रसाद यादव लगायतले मानव विकास सुचाङकलाई पुरागर्न र राष्ट्रिय स्वास्थ्य नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्ने र आफुहरुले पनि गर्ने बताउनु भयो ।
कार्यक्रममा संघका सभापति गिरीले राप्ती तथा बहादुरगंजको कार्यक्रमलाई सन् २०३० (वि.स २०८७) सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै मेसिन औजार खरिद तथा भौतिक निर्माणका लागि साझेदारी हुदै आएको बताउनु भयो ।
उहाँले छन्द (कालेबाबु) आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेवमा स्तरोन्नति गर्ने , दृष्टिविहीन पुनस्थापना कार्यक्रमलाई सुदृढ गर्ने र .आँखा अस्पतालमा ४ वटा विशिष्टीकृत सेवाहरु आँखाको पर्दा , आँखाको नानी, अकुलोप्लाष्टिक र बालआँखा रोग सम्वन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरेको भन्दै थप सेवा विस्तार गर्ने बताउनु भयो ।
उहाँले कपिलबस्तु जिल्ला र छिमेकी जिल्लाभारतका जनतालाई सेवा दिएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले हालसम्म अस्पताले दिएका सेवा तथा साझेदारीका कार्यक्रमहरुको बारेमा जानकारी सहित स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
