
Ses
Ggp
Unsku
Sgr
cjs
pku
Lnp
Pbu
Gfs
Srbpu
Pes
Rgp
Djs
Rgp1

Rgu
Asm
Gst
nsb
Sls
Bbu
Hal
Ssm
Vor
Pvg
Bbbpu
Sbs
Rgu
Ksm
Rsb
Wsp
Rgs
Ggd
Tsm

Abd
Bml
Rmb
bbt
Jmb
Gsb
sab
Rpp
Mks
Ptm
Pls
Syp
Jmb
दाङ । जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३७ वर्षीय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।
त्यस्तै जीपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताउनु भयो ।
बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।
मृतक सीता गुरु जजुर मावि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुनुहुन्छ । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउनुहुन्थ्यो । उहाँलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
