
Lnp
Rgp
Ses
pku
Pes
Srbpu
Unsku
Gfs
Rgp1
Sgr
Ggp
Pbu
cjs
Djs

Vor
Ksm
Bbu
Ggd
Ssm
Rgu
Asm
Bbbpu
Rgs
Sbs
Tsm
Sls
Rsb
Pvg
nsb
Gst
Hal
Rgu
Wsp

sab
Bml
Pls
bbt
Gsb
Ptm
Abd
Jmb
Rmb
Mks
Jmb
Rpp
Syp
धनगढी । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ।
२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्याइएको छ।
त्यस्तै हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन्। र, उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बनेको चर्चा छ। अहिले गठबन्धनमा भएको छलफल अनुसार नै रेशमको माफीको तयारी अघि बढाइएको छ। जुन अन्तिम चरणमा पुगेको बताइन्छ।
रेशमलाई माफी दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलमा छन्। उनी राष्ट्रपतिलाई यस विषयमा पटकपटक भेटेर वार्ता गरेको बुझिएको छ। यहिँ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजाय माफी दिन लागिएको छ। चौधरी हाल डिल्लीगार कारगारमा रहेका छन्।
