
Rgp
Lnp
Ksbus
Asbus
Msbus
Ggp
Sdc
Ksbus
Ggp


पहाडमा
ओसिलो
र चिसो
मौसममा पाइने
ती चिप्लेकिरा!
आजकल टन्टलापुर
घाममा पनि भेटिने गर्छन्
प्राय वर्षादको
समयमा पाइने
ती चिप्लेकिरा !
आजकल
जुनसुकै मौसममा पनि
पाइन थालेका छन्
ढाड दुखेको
मर्के
टुटेको
ठिक पार्ने
अौषधीको रूपमा
विगतमा चिनिएका
ती चिप्लेकिरा!
आजकल
जुनसुकै मौसममा
जहाँत्यही पाइन थालेका छन्
लाग्छ
आजभोलि
जलवायु परिवर्तन भएको
कारणले होला
पक्कै
बहुरूप धारण गर्दै
ती किराहरू!
आजभोलि
औषधीको रूपमा भन्दा पनि
विषालु किराको रूपमा
यत्रतत्र देखिन्छन्
हो साँच्चिकै
तिनै चिप्लेकीराले नै
समाजमा व्यथिति निम्त्याएका छन्
औषधी त के
जहर बनेका छन्
चाप्लुसी गर्दा नै
आफ्ना जीवन
सक्काइसकेका छन्
ए,प्यारा चिप्लेकीरा हो
अब त बुझ
केही त
स्वाभिमानी बन
केही त
सिक
केही त बुझ
तिमी पनि
सीतमा पाइने
चिप्लेकीराजस्तै
लाभदायक बन्न सिक
त्यसैमा
तिम्रो कल्याण हुनेछ।।
तेजप्रसाद खनाल
लमही दाङ।
