
Ggp
Ksbus
Rgp
Asbus
Msbus
Ggp
Lnp
Ksbus
Sdc

दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक सोमबार बसेको छ । झन्डै दश महिनापछि बसेको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ ।
एक हप्ता भित्र सुचारु हुनेगरि लामो समयदेखि बिग्रिएर थला परेका दुई वटा एम्बुलेन्सहरुलाई मर्मत गर्न ग्यारेजमा पठाईएको छ । त्यस्तै रिक्त रहेको एम्बुलेन्स चालक छिटो भन्दा छिटो नियुक्त गर्नका लागि सुचना प्रकाशित गर्ने भएको छ, यो कामको लागि समिति समेत गठन भएको छ ।
त्यसैगरी नेपाल सरकारले उपलब्ध गराएको ९५ प्रकारका औषधी भोलिबाट सर्बसाधारणले सहजै पाउन सक्ने गरि काम अघि बढ्ने भएको छ । त्यस्तै पोष्टमार्टम गर्दा चाहिने सामाग्रीहरु अब मृतकका आफन्तले किन्न नपर्ने भएको छ, त्यहाँ लाग्ने सामाग्री आजैको मिति देखि लागु हुनेगरी सबै लमही अस्पतालले व्यहोर्ने भएको छ ।
यस्तै आज बसेको बैठकले अस्पतालमा कर्मचारीको अभावले सेवा प्रभावित भएको जनगुनासोलाई सम्बोधन गर्दै थप कर्मचारीको व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि समितिले पूर्णता पाउन सकेको थिएन। गत बिहिबार लमही नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर लमही अस्पताललाई पूर्णता दिएको थियो।
लमही नगरपालिकाका नगर प्रमुख तथा लमही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोगराज चौधरीको अध्यक्षतामा सोमबार आज बैठक बसेको हो ।दाङसमाचार
