
Gfs
Pes
Lnp
Ggp
cjs
Sgr
sbs
Rgp
Djs
Rgp1
Unsku
Pbu
pku
Srbpu

Bbu
Rgu
Bbbpu
Asm
Rgs
Sbs
Rgu
Ssm
Pvg
Ksm
Wsp
Rsb
Gst
Tsm
Hal
Vor
Ggd
Sls
nsb

Gsb
Ptm
Pls
Rmb
Mks
Bml
Abd
Jmb
sab
bbt
Jmb
Rpp
Syp
कञ्चनपुर । कञ्चनपुरका आरक्ष पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफ्ना समस्याका बारेमा बताएका छन्।
आइतबार परराष्ट्र मन्त्री एनपि साउद,एमाले सांसद तारालामा तामाङ,माओवादी प्रदेश सभा सदस्य ओम बिक्रम भाट लगायतको सहभागीता रहेको थियो ।आरक्ष पीडितले संकटकालको मौका छोपेर विस्थापित गरेको दुई दशक बढी समय बितिसक्दा न्यायिक पुर्नस्थापना नभएको भन्दै प्रधानमन्त्रीसमक्ष गुनासो गरेका थिए ।
छलफलपछि प्रधानमन्त्रीले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने विश्वास दिलाएको काङ्ग्रेसका नेता शिरोमणि ओझाले जानकारी दिए । आरक्ष पीडितलाई प्रधानमन्त्रीसँग भेटाउने वातावरण उनले नै मिलाएका थिए।
त्यस्तै तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि अहिलेसम्म पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।
