
gst
Gisld
Pbu
Ksm
Gmk
mbd
Rbs
Sds
Mbdvs
Anm

Rgu
Vor
Tsm
Rgu
Bbbpu
Sls
Rgs
Ggd
Bbu
Gst
Rsb
Wsp
Asm
Pvg
nsb
Sbs
Ssm
Ksm
Hal

Syp
Pls
Rmb
Jmb
Gsb
Rpp
Ptm
Abd
bbt
Bml
sab
Jmb
Mks
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवतीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको छ । कृष्णनगर १२ भगवानपुर बस्ने मोहम्मद रइसले छोरीलाई बेचबिखन मनसायले भारतमा बेपत्ता पारिएको भन्दै ईलाका प्रहरी कार्यालय कृष्णनगरमा निदेवन दिएका छन् । गत बैशाख २९ गते प्रहरीमा निवेदन परेको हो । बैशाख २४ गते यो घटना घटेको जनाइएको छ ।
वडा अध्यक्षको संरक्षणमा ज्ञानशिला कोरी,मोहम्मद रफिक खाँ र अमिरल्ला खाँले विभिन्न लोभ, प्रलोभनमा पारि भारतमा बेचबिखन गरेको आरोप लागेको छ । ज्ञानशिला कोरीले छोरीलाई ललाईफकाई भारतको बैरिहवा बस्ने अलि हसन कुजडासँग सम्पर्क गराएको निवेदनमा उल्लेख गरिएको छ । भगवानपुरमा एक आँपको बगैचाको ठेक्का लिई काम गर्दै आएका कुजडाले छोरीलाई भारतमा लगेको निवेदक मोहम्मद रइसले बताए । निवेदक मोहम्मद रइसले छोरीलाई अनैतिक धन्धामा लगाउनुको साथै ज्यानसमेत खतरा रहेकोले कसुरदारहरुलाई पक्राउगरि छोरीलाई उपस्थित गराई कारवाहीको माग गरेको बताए ।
त्यस्तै स्थानीयले आरोपी अलि हसन कुजरासँग लामो समयदेखि माया बसेको बताउँछन् । उनी सहमतिमा कुजडासँग मोहम्मद रइसको छोरी भारतमा भागेर गएको स्थानीयले जनाएका छन् । बेपत्ता किशोरीको भारत सिमा नजिकै बेलभरिया गाउँमा उनको बिहेसमेत भएको स्रोतले जानकारी दिएको छ । कुजडासँग माया बसेपछि आफ्नो घरमा बस्न नमानेको स्रोतको भनाइ । उनी अहिले माइती घरमै रहेको बताइएको छ ।
यता ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढंगानाले छोरीलाई बेपत्ता पारिएको भन्ने विषयमा खोज अनुसन्धान भइरहेको बताए । उनले पति–पत्नी बीच मनमुटाव भएपछि पत्नी पतिसँग बस्न नमानेको बताए । प्रहरी निरीक्षक ढुंगानाले बेचबिखनको घटना नभएको बताउँदै आपसी पारिवारिक विवादित विषय भएको दावी गरेका छन् ।
