सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, जेठ ०३, २०८०

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवतीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको छ । कृष्णनगर १२ भगवानपुर बस्ने मोहम्मद रइसले छोरीलाई बेचबिखन मनसायले भारतमा बेपत्ता पारिएको भन्दै ईलाका प्रहरी कार्यालय कृष्णनगरमा निदेवन दिएका छन् । गत बैशाख २९ गते प्रहरीमा निवेदन परेको हो । बैशाख २४ गते यो घटना घटेको जनाइएको छ ।

वडा अध्यक्षको संरक्षणमा ज्ञानशिला कोरी,मोहम्मद रफिक खाँ र अमिरल्ला खाँले विभिन्न लोभ, प्रलोभनमा पारि भारतमा बेचबिखन गरेको आरोप लागेको छ । ज्ञानशिला कोरीले छोरीलाई ललाईफकाई भारतको बैरिहवा बस्ने अलि हसन कुजडासँग सम्पर्क गराएको निवेदनमा उल्लेख गरिएको छ । भगवानपुरमा एक आँपको बगैचाको ठेक्का लिई काम गर्दै आएका कुजडाले छोरीलाई भारतमा लगेको निवेदक मोहम्मद रइसले बताए । निवेदक मोहम्मद रइसले छोरीलाई अनैतिक धन्धामा लगाउनुको साथै ज्यानसमेत खतरा रहेकोले कसुरदारहरुलाई पक्राउगरि छोरीलाई उपस्थित गराई कारवाहीको माग गरेको बताए ।

त्यस्तै स्थानीयले आरोपी अलि हसन कुजरासँग लामो समयदेखि माया बसेको बताउँछन् । उनी सहमतिमा कुजडासँग मोहम्मद रइसको छोरी भारतमा भागेर गएको स्थानीयले जनाएका छन् । बेपत्ता किशोरीको भारत सिमा नजिकै बेलभरिया गाउँमा उनको बिहेसमेत भएको स्रोतले जानकारी दिएको छ । कुजडासँग माया बसेपछि आफ्नो घरमा बस्न नमानेको स्रोतको भनाइ । उनी अहिले माइती घरमै रहेको बताइएको छ ।

यता ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढंगानाले छोरीलाई बेपत्ता पारिएको भन्ने विषयमा खोज अनुसन्धान भइरहेको बताए । उनले पति–पत्नी बीच मनमुटाव भएपछि पत्नी पतिसँग बस्न नमानेको बताए । प्रहरी निरीक्षक ढुंगानाले बेचबिखनको घटना नभएको बताउँदै आपसी पारिवारिक विवादित विषय भएको दावी गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]