
Ses
Sgr
Rgp
Unsku
Djs
Srbpu
Rgp1
pku
Pbu
Ggp
Gfs
Lnp
cjs
Pes

Bbu
nsb
Asm
Rsb
Bbbpu
Sbs
Gst
Rgu
Rgu
Ssm
Hal
Rgs
Ksm
Ggd
Sls
Vor
Tsm
Pvg
Wsp

Pls
Abd
Gsb
Syp
Jmb
bbt
Mks
Rpp
Rmb
Ptm
Jmb
Bml
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ ।
सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएको हो । उक्त बोर्डको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबैजना सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अफ्ट्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे । दुर्घटना न्यूनिकरण गर्न स्थानिय सरकार लागिपरेको उनले बताए ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तिब्र गतिका कारण सबै भन्दा धेरै दुर्घटना हुने गरेको बताए । आफ्नो कार्यकालमा दुर्घटना तुलनात्मक रुपले घट्दै गएको उनले दाबी गरे । कार्यक्रममा राष्ट्रिय यातायात महासंघका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।
त्यस्तै बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामराको व्यवस्था नहुँदा ब्यवसाही समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
