
Rgp1
Unsku
Gfs
Srbpu
Djs
sbs
Sgr
Pbu
Ggp
Lnp
Pes
pku
cjs
Rgp

Asm
nsb
Vor
Ksm
Hal
Bbbpu
Ssm
Ggd
Wsp
Tsm
Rsb
Rgu
Bbu
Rgs
Gst
Pvg
Sbs
Rgu
Sls

Gsb
Rpp
Bml
bbt
Pls
Jmb
Syp
Abd
Ptm
Jmb
Mks
Rmb
sab
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।
त्यस्तै उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
पक्राउ पूर्जी जारी भएको दिन राति ९ बजे उनी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । त्यहीबेला उनले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग सम्पर्क गरेर करिब १५ मिनेट कुराकानी गरेका थिए । त्यसक्रममा रायमाझीले आफूविरुद्ध पक्राउ पूर्जी जारी भए/नभएकोबारे सोधेका थिए ।
जवाफमा कुँवरले ‘आफूलाई त्यसबारे थाहा नभएको बताउँदै सम्बन्धित प्रहरी परिसरका प्रमुख वा त्यहाँका अधिकृतसँग सम्पर्क राख्न’ भनेको स्रोत बताउँछ । आईजीपीसँगको कुराकानीमा रायमाझीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेका थिए । अनुसन्धानमा सहयोग गर्न आफैं आउँछु भनेका टोपबहादुर काठमाडौं आएनन् । उनको प्रदेश ३–०१–०२२ च–०५८२ नम्बरको गाडी लिएर चालक मात्र आए ।अनलाइनखबर
