
Lnp
Rgp1
cjs
Sgr
Djs
sbs
Srbpu
Gfs
Rgp
pku
Ggp
Pbu
Pes
Unsku

Tsm
Rsb
Rgu
Pvg
Gst
Ksm
Wsp
Bbu
Rgu
Asm
Vor
Hal
Sls
Ggd
Ssm
Rgs
nsb
Bbbpu
Sbs

Rpp
bbt
Bml
Gsb
Abd
Mks
Pls
Ptm
Rmb
Jmb
Syp
sab
Jmb
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटी र आर ए टि लमहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही शाखाको प्राविधिक सहयोगमा शुक्रबार लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नि:शुल्क रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
भगवान गौतम बुद्धको २५ सय ६७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रास्वपाका कार्यकर्ता डिल्ली खनाल, भुवन आचार्य लगायत महिला-पुरुष गरि ५२ जनाले नि:शुल्क रक्तदान गरेको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
रास्वपा लमही नगर कमिटीका सभापति शिवलाल भण्डारीको अध्यक्षता तथा रास्वपा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आर ए टि लुम्बिनी प्रदेशका प्रमुख विनय घिमिरे,रास्वपा दाङ जिल्लाका उपसभापति रविन थापा,देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै रास्वपा लमही नगर कमिटीले यस अघि लमही नगरपालिका भित्रका निजी विद्यालयहरुले चर्को शुल्क वृद्धि गरेको भन्दै उक्त शुल्कलाइ घटाउन लमही नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै रास्वपाले अबको केही दिन भित्र लमही बजारमा सरसफाइ कार्यक्रम गरने योजना राखेको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । यस्तै अहिले रास्वपा लमही नगर कमिटीले १ नम्बर वडादेखि ९ नम्बर वडामा वडा कमिटी गठन कार्यलाई पनि निरन्तर दिइरहेको नगर कमिटीका सचिव पोख्रेलले जानकारी दिनु भयो ।
