
Pbu
Rgp
Sgr
pku
Djs
Ggp
Ses
Lnp
cjs
Srbpu
Gfs
Unsku
Rgp1
Pes

Ksm
Bbbpu
Ssm
Hal
Asm
Bbu
Sls
Rgu
nsb
Sbs
Tsm
Ggd
Rsb
Pvg
Vor
Wsp
Rgs
Gst
Rgu

Mks
Syp
sab
Pls
Jmb
Gsb
bbt
Abd
Ptm
Rpp
Rmb
Jmb
Bml
दाङ । राप्ती गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरुद्वारा बुधबार मृगौला पीडित घर्तीको घर निर्माणका लागि श्रमदान गरि सहयोग गरेका छन्।
उनीहरुले पालिकाकाे वडा नम्बर तीन नयाँबस्ती निवासी मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरकाे घर बनाउने कार्यमा श्रमदान गरि सहयोग गरेका हुन्। अहिले उनकाे करिब एक कठ्ठा ऐलानी जग्गामा घर निर्माण कार्य थालिएको छ।
२८ वर्षिय घर्ती विगत एक वर्ष देखि मृगौला राेगबाट ग्रसित रहेका छन् । हाल उनी दुई छाेरा र श्रीमती सहित अरुकाे घर भाडामा बस्दै आएका छन् । घर मूली नै राेगले थलिए पछि दैनिक गुजारा चलाउन समेत मुस्किल परेकाे उनकाे भनाइ छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी गत वर्ष कतार गएकै चालिस दिनमा घर फर्किएका थिए । अहिले विदेश जादा लागेकाे ऋण तिर्न समेत समस्या भएको उनले बताएका छन् ।
त्यस्तै उक्त श्रमदान कार्यमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेल,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा सदस्य ईश्वरी परियार,समाजसेवीहरु गाेविन्द अधिकारी, तुला गिरी,झग्गु अधिकारी,सरद गिरी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियाे ।
