
Unsku
Lnp
Rgp
Ggp
Pes
Rgp1
Djs
sbs
pku
Gfs
Srbpu
Pbu
cjs
Sgr

Rsb
Tsm
Ksm
Bbbpu
Rgu
Rgu
Sls
Sbs
Asm
Wsp
Ggd
nsb
Bbu
Hal
Pvg
Rgs
Gst
Ssm
Vor

Gsb
Abd
Jmb
Ptm
bbt
Rpp
Bml
Rmb
sab
Pls
Mks
Jmb
Syp
काठमाडौं । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ ।
उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १:३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए । उनलाई चितवनकै पुरानो मेडिकल कलेजमा उपचार गराए पछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।
त्यस्तै रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थापा छतबाट खसेका थिए । उनी कसरी खसे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
