
Rgp1
Rgp
Unsku
Pbu
Lnp
Djs
Ggp
Ses
Srbpu
pku
Pes
cjs
Sgr
Gfs

Sbs
Sls
Vor
Ksm
Ggd
Rgs
Asm
Rgu
Pvg
nsb
Bbu
Gst
Rsb
Rgu
Tsm
Wsp
Ssm
Bbbpu
Hal

Mks
Jmb
Bml
Gsb
bbt
Rmb
Ptm
Syp
Rpp
Jmb
Pls
Abd
sab
दाङ । एडिबीको आर्थिक सहयोग र सहरी विकास मन्त्रालयद्वारा विनियोजित कुल २० लाखको बजेटमा लमही नगरपालिका वडा नम्बर ८ भतरकुण्डा आधारभूत विद्यालयको प्राङ्गणलाई फराकिलो तथा व्यवस्थापन गर्नका लागि माटो फिल्डिङ गर्ने र पर्खाल लगाउने कार्य भइरहेको छ ।
तर उक्त कार्य गर्नका लागि पहिले योजनाको बारेमा प्रष्ट बुझिनेगरि सूचना बोर्ड राख्नुपर्ने र इस्टिमेट अनुसार काम गर्नुपर्नेमा त्यसो नभएको भनि स्थानीय प्रदीप परियारले गुनासो गरेका छन् । बारम्बार मैले योजनाको इस्टिमेट माग्दा नदिएको र स्थानीयलाई रोजगार दिने ठाउँमा मेसिनद्वारा काम गरेको भन्दै परियारले गुनासो पोखेका हुन् ।
त्यस्तै यस बारेमा लमही नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा भतरकुण्डा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीलाई बुझ्दा उनले सूचना बोर्ड राख्नमा भुल भएको स्वीकारेका छन् । उनले उक्त स्थानमा तत्काल सूचना बोर्ड राख्ने र इस्टिमेट सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराउने बताए ।
यस्तै अध्यक्ष चौधरीले प्रदीप परियारको घर आगनदेखि पर्खाल लाग्न लागेको हुँदा उनले गुनासो गर्नु स्वभाविकै रहेको बताएका छन् ।विकास गर्ने क्रममा यस्ता समस्याहरु आउने गर्छन् अध्यक्ष चौधरीले भने । यस्तै उनले २० लाखको बजेटमा १२ लाखबाट श्रमिकद्वारा काम गर्ने र ८ लाखको बजेटमा मेसिनद्वारा माटो फिल्डिङ गर्ने कार्य भइरहेको बताए ।
यस्तै उता लमही नगरपालिकाका इन्जिनियर सौगात ओलीसंग बिस्तृत रुपमा बुझ्दा उनले कुल २० लाख बजेटमा श्रमिकद्वारा १२ लाखको काम गराउने र मेसिनले ८ लाखमा काम गराउने इस्टिमेट रहेको जानकारी दिए ।
