
Ggp
sbs
Rgp1
pku
Djs
Sgr
Pes
cjs
Rgp
Srbpu
Gfs
Lnp
Unsku
Pbu

Ksm
nsb
Gst
Bbu
Rgs
Ggd
Sls
Asm
Ssm
Rsb
Rgu
Tsm
Vor
Sbs
Bbbpu
Rgu
Pvg
Hal
Wsp

sab
Jmb
Bml
bbt
Syp
Mks
Pls
Rmb
Rpp
Gsb
Abd
Jmb
Ptm
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् ।
बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने छन् ।
त्यस्तै गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले यही वैशाख १० गते उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।
यसैगरी यसअघि नेपाली काङ्ग्रेसले जितेको तनहुँ १ बाट काङ्ग्रेस त्यागेर रास्वपामा गएका अर्थविद वाग्ले चुनिए । अघिल्लो पटक जनमत पार्टीका सीके राउतसँग सप्तरी २ बाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको बलमा बारा २ बाट चुनाव जितेका छन् ।अनलाइनखबर
