
Sgr
sbs
Pbu
Lnp
Srbpu
Gfs
cjs
Pes
Ggp
Rgp1
pku
Djs
Unsku
Rgp

Hal
Tsm
nsb
Wsp
Bbbpu
Ksm
Pvg
Ssm
Rgs
Rgu
Asm
Ggd
Bbu
Sbs
Rsb
Vor
Rgu
Sls
Gst

Mks
bbt
Gsb
Rpp
Bml
Pls
Syp
Ptm
sab
Abd
Jmb
Jmb
Rmb
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुनु भएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
त्यस्तै पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत हेरेर भाेलिमात्र सपथ लिने बताएका छन् । काङ्ग्रेसका २७,माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षर सहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरेका थिए ।
यस्तै केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटन मन्त्री रेशम जुग्जालीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए ।
त्यसैगरी उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि सरकार ढलेको ३ दिन पछिमात्र प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गर्न आह्वान गर्नु भएको थियो ।
