
Lnp
Pbu
Rgp1
Pes
cjs
Rgp
Srbpu
Ggp
pku
Djs
Gfs
sbs
Sgr
Unsku

Rgu
Rgu
Bbbpu
Ssm
Hal
Pvg
Ksm
Rsb
Rgs
Asm
Sbs
Wsp
Ggd
Vor
Sls
Bbu
Tsm
Gst
nsb

Mks
bbt
Rpp
Abd
Jmb
sab
Rmb
Jmb
Syp
Pls
Gsb
Ptm
Bml
बारा । प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवारबाट ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् ।
यसैगरी बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा। स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
