
Sdc
Ggp
Lnp
Ggp
Asbus
Rgp
Msbus
Ksbus
Ksbus


आशा अनि निराशाका बिम्बहरु !
जब छताछुल्ल हुन्छन् आपसमा
परिवर्तनको तिब्र चाहना बोकेर
अमूल्य मत बदल्दै बन्द बाकसमा
केही परिवर्तन हुने आशा लिएर।
शताब्दी औं देखि माग उही छ
गाँस देऊ ,बास देऊ , कपास देऊ
समानता देऊ, न्याय अनि ….!
शिक्षा देऊ, स्वास्थ्य देऊ, रोजगारी देऊ।
जन आकांक्षा पूरा नहुँदा चर्किएर छाती
बाकसमा गएर बजारिन्छ घरिघरि
केही आशा बोकेर केही उमङ्ग बोकेर
परिवर्तनको चाह राखेर जनले चौतर्फी ।
निराशा कुण्ठा वेदनाले जेलिएको मन
रोजगारी र विकासको आकांक्षा राखेर
शताब्दीअौँ देखि परिवर्तन चाहँदै बारबार
जन खोजीरहेछन् असल देश बनाउने धार।
युवा जब गर्जन थाल्छन् देश बनाउन खातिर
भ्रष्टाचारको उखेल्दै जरो एक एक गरेर चौतर्फी
तब देशले बिझेको काँडा निस्केको महसुस गर्नेछ
तिखा काँडा बिझेका रक्ताम्य घाउहरु बिस्तारै पुरिँदा
लहर चल्नेछ जब एउटै सङ्कल्प देश बनाउनेको
सातो जानेछ राष्ट्रको सम्पत्ति लुटी अकुत कमाउनेको
युवा तिमी जाग्नु पर्छ , देश बनाउने जिम्मेवारी छ तिम्रो एउटै लक्ष्य लिएर अघि बढ्नू तब लक्ष्य पूरा हुनेछ राम्रो ।
