
Rgp
Rgp1
cjs
Pes
Djs
Lnp
Gfs
Sgr
Ses
Ggp
Srbpu
Unsku
Pbu
pku

Bbbpu
Rgs
Sbs
Vor
Pvg
nsb
Hal
Asm
Ggd
Gst
Rgu
Ssm
Rgu
Ksm
Bbu
Wsp
Sls
Tsm
Rsb

bbt
Syp
Gsb
Ptm
Jmb
Abd
Rmb
Rpp
Pls
Mks
Jmb
Bml
sab
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र ८ काे पिपरीमा साेमबारदेखि एकैसाथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तीन महिने कटाई सिलाई सम्बन्धी सीप विकास तालिम शुरु भएको छ ।
“स्थानीय श्राेत र साधनको सदुपयोग गराैं,सीप सिकाैं आम्दानी वृद्धि गराैं” भन्ने मुल नाराका साथ तालिम राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा समृद्व नेपाल दाङको आयोजनामा शुरू भएको हाे।
वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष कमलापति चाैधरीको विशिष्ठ आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो ।
उक्त तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले महिलाहरुलाई सिप मार्फत आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरिएको बताउँदै तालिममा सिकेको सिपलाई व्यवहारमा लैजान सके आर्थिक रुपमा समेतको सक्षम बन्न सकिने बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष चाैधरी मानिसको जीवनमा सिप महत्त्वपूर्ण हुने भएकाले मेहनतका साथ निरन्तर तालिममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो । साे कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी बाेर्डका उपाध्यक्ष टिकाराम पाेख्रेल,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली,समृद्ध नेपालका अध्यक्ष भिम बहादुर बस्नेत ,उद्यम विकास सहजकर्ता अमिता चाैधरी लगायतकाे सहभागीता रहेको थियोे।
पहरुवामा २० र पिपरीमा २० जना गरि जम्मा ४० जना महिलाहरु सहभागी तालिमको प्रशिक्षकमा सरिता चाैधरी र तारा परियार रहनु भएको छ।
उद्घाटन कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता विनिता चाैधरीले गर्नुभएको हो ।
