
Gfs
Rgp1
sbs
Gis
Pes
pku
Cps
Sds
Djs
Srbpu
Lnp
Rgp
Rgp
Sgr
Rmb
Ggp
cjs
Unsku
Pbu

Ggd
Hal
Vor
Ksm
Bbbpu
Rgs
Sbs
Wsp
Bbu
Rgu
nsb
Pvg
Gst
Ssm
Rgu
Rsb
Sls
Tsm
Asm

Bml
Syp
bbt
Mks
Ptm
Gsb
sab
Abd
Rmb
Pls
Jmb
Jmb
Rpp
दाङ । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले युवाहरु समाजप्रति जिम्मेवार र जवाफदेही भएको अनुभुती गरेको बताउनुभएको छ । लमही जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले युवाहरुमा रचनामक्ताको सिप अभिवृद्धि गर्न, अनुशासीत र जिम्मेवार बनाउन जेसीजले भूमिका खेलेको बताउनुभयो ।
जेसीजले उठाउदै आएको कुरा शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ । यो कुरा मलाई ज्यादै चित्तबुझ्यो । हामीले पनि थिति बसाउने कुरामा काम गरेका छौं’शर्माले भन्नु भयो–आर्थिक र सामाजिक न्यायको पक्षमा काम भैरहेको भन्दै परिवर्तनलाई संस्थागत गर्न सबैको साझा योग्दानको खाँचो छ ।’
यस्तै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले समाजलाई सहि बाटोमा डो¥याउने र समाजमा देखिएका विकृती, विसंगतीलाई अन्त्य गर्ने संस्था रहेको बताउनुभयो । युवाहरुलाई एकिकृत गरेर सहि बाटोमा लगाउने काम जेसिज संस्थाले गर्दै आएको बताउनुहुदैँ, नगर प्रमुख केसीले लमही जेसिजको सप्ताह कार्यक्रम अन्तरगतका सातै दिनका कार्यक्रमहरु प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,–।‘जेसिज सप्ताह कार्यक्रमको माध्यमबाट आफुभित्र रहेको नेतृत्व र व्यक्तीत्वलाई निखारपन दिने एउटा राम्रो अवसर प्राप्त गर्नु भएको छ । लमही जेसिजले यो समाजमा रहेका प्रत्येक गतिविधिलाई सामित्यता गराउने, चाहे त्यो (कोभिड १९)को प्रभावलाई न्यूनिकरण गर्ने सम्बन्धमा होस् चाहे सन्तुलन वातावरण कायम गर्ने सन्र्दभमा प्रयास गरिरहेको छ । यो समाजलाई कसरी आर्थिक रुपले समृद्ध गराउने कसरी सबै नागरिकलाई सम्पन्न बनाउने र यो मुलुकलाई सम्पन्न बनाउने अभियानमा सबै लागिरहेको सन्र्दभमा अव लमही जेसिजको ध्यान पनि यसतर्फ जान जरुरी रहेको छ ।
कार्यक्रममा लमही जेसिजको पूर्व अध्यक्ष प्रकाश जिसि, उमाकान्त चौधरी, तुलसिपुर नगर जेसिजका अध्यक्ष मोहन सुनार, दाङ महिला जेसिजका अध्यक्ष जिवा भुषाल, तुलसिपुर नगर जेसिजका अध्यक्ष माधव पौडेल लगायतले बोल्नु भएको थियो । सप्ताह कार्यक्रमका संयोजक लोकमान रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही जेसिजको महासचिव जयप्रकाश पौडेलले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश नं.५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, सप्ताह निर्देशक दुलमदास चौधरीलाई मायाको चिनो प्रदान गरिएको थियो । लमही जेसिजले एक हप्ता सम्म विभिन्न सामाजिक कार्य गरेको थियो ।
स्वास्थ्यकर्मी सहित पाँचजना सम्मानित लमही जेसिजले सप्ताह कार्यक्रम अन्तरगत सातौँ दिन स्वागत तथा समापन कार्यक्रममा लमही अस्पतालका स्वास्थ्यकर्मी सहित पाँचजनालाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) को कारण आक्रांन्त भइरहेको अवस्थामा आफ्नो जीवन दाउमा लगाइ स्थानीय गाउँ–गाउँमा पुगि नागरिकहरूको स्वाब संकलनमा खटिनु भइ संक्रमणबाट हुन सक्ने क्षति न्युनिकरणमा अतुलनीय योगदान पु¥याएको भन्दै लमही अस्पतालका ल्याव टेक्निसियन सिर्जन पौडेललाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
यस्तै लमही नगर क्षेत्रलाई प्रदुषण रहित बनाउने अभियानमा अग्रपंक्तिमा रहि आफ्नो दैनिक कार्य सम्पदान गर्दै आउनु भएका लमही नगरपालिका फोहोर व्यवस्थापन शाखाका कर्मचारी विरबहादुर चौधरी, फुलराम चौधरी, प्रेमभक्त कुमाल, मिठ्ठलाल कुमाललाई सम्मान पत्र सहित दोल्ला ओढाइ सम्मानित गरिएको हो ।
