
Rgp
Srbpu
Sgr
Djs
Pbu
pku
Ses
Gfs
Lnp
Rgp1
Ggp
Pes
Unsku
cjs

Rgu
Asm
Vor
nsb
Rsb
Bbbpu
Sbs
Rgs
Ssm
Wsp
Rgu
Pvg
Ksm
Tsm
Ggd
Bbu
Hal
Gst
Sls

Syp
Abd
bbt
Bml
Rmb
Rpp
Gsb
Jmb
sab
Mks
Jmb
Ptm
Pls
दाङ । राप्ती गाउँपालिकाले वडा नम्बर नाै का विपन्न १३ घर परिवारलाई नि:शुल्क सोलार बत्ती वितरण गरेको छ ।
विद्युत नपुगेकाे लामखाेला गाउँका साे घर परिवारलाई शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सोलार बत्ती वितरण गर्नु भएको हाे । साेलार बत्ती वितरण गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यले पालिकाले साे साेलार बत्ती वितरण गरेको बताउनु भयो।
अध्यक्ष विष्टले अझैसम्म पनि गाउँपालिकाकाे कतिपय ठाउँहरुमा विद्युत विस्तार हुन बाँकी रहेकाले त्यस्ता ठाउँमा विद्युत विस्तार गर्नका लागि आफुले पहल गरिरहेकाे बताउँदै सम्भवत आगामी आर्थिक वर्षमा साे कार्यकाे शुरुआत हुने बताउनु भएको छ।
त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकाले निशुल्क रुपमा प्रदान गरेकाे साेलार बत्तीलाई सहि तरिकाले प्रयाेग आग्रह गर्नु भएको थियाे । पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको ठाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई ५० वाट क्षमताका साेलार वितरण गरिएको हाे।
उक्त गाउँमा विद्युत विस्तार नहुँदा वर्षौंदेखि स्थानीयहरु घन्टाै पैदल यात्रा गरेर माेबाईल चार्ज तथा अन्य विद्युतीय कामकाे लागि देविकाेट आउनु पर्ने बाध्यता रहेकाे थियो । सोलार वितरण भएसँगै त्यस्ता कतिपय कामहरु समाधान हुने र उनीहरुको दैनिक जीवनयापनमा समेत सहज हुने वडा नम्बर नाै का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनु भएको छ ।
गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीय हर्षित समेत भएका छन् । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, कार्यपालिका सदस्य रण बहादुर पुजाली,समाजसेवी चित्र बहादुर थापा मगर,सुरेश चाैधरी लगायतकाे उपस्थिति रहेको थियो।
