तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, बैशाख ०४, २०८०

दाङ । राप्ती गाउँपालिकामा भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई साेमबारदेखि पुन जग्गाको निस्सा वितरणकाे कार्य शुरु गरिएको छ।

दाेस्राे चरणकाे पहिलाे दिन वडा नम्बर नाै काे वडा कार्यलयल रुपाकाेटबाट निस्सा वितरण कार्यकाे शुरुआत गरिएको हाे। वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीकाे प्रमुख आतिथ्यतामा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको थियो ।

निस्सा वितरण गर्दै पालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताउनु भयाे । उहाँले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताउनु भयो। ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उहाँले भन्नु भयो। ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा छिट्टै हुने उपाध्यक्ष चौधरीको भनाई थियो । वडाध्यक्ष सुनारी मगरका अनुसार सो वडामा २ सय ४२ घरधुरी अव्यवस्थित बसोबासी र ८ घरधुरी भूमिहीन दलितले फाराम भरेका छन् । साेमबार निस्सा नपाएका वडाबासीलाई वडा कार्यालयमा सम्पर्क गर्न वडाध्यक्ष सुनारी ले आग्रह समेत गर्नु भएको छ।यस्तै क्रममा मंगलबार वडा नम्बर पाँचमा,बुधबार वडा नम्बर छ मा,बिहीबार वडा नम्बर सातमा र शुक्रबार वडा नम्बर आठमा साे निस्सा वितरण कार्यक्रम हुने राप्ती गाउँ पालिकाकाे भूमि सेवा केन्द्रका प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ। यस अगावै पहिलो चरणमा वडा नम्बर एकदेखि चारसम्म निस्सा वितरणको कार्य सम्पन्न भई सकेको समेत प्रमुख गुरुङले जानकारी बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]