
Cps
Pes
Gis
Lnp
sbs
pku
Sds
Gfs
Rmb
Ggp
Srbpu
Rgp1
Pbu
Sgr
cjs
Rgp
Rgp
Unsku
Djs

Vor
Rsb
Ggd
Pvg
Wsp
Rgu
Bbu
Sbs
Gst
Hal
Ksm
nsb
Asm
Ssm
Bbbpu
Tsm
Rgs
Sls
Rgu

Jmb
Jmb
Rmb
Gsb
Ptm
Mks
Abd
bbt
Pls
sab
Rpp
Syp
Bml
दाङ । कोभिड–१९ का कारण अस्तब्यस्त भएको बिद्यार्थीहरुको पठन–पाठन गढवा गाउँपालिकामा अब ब्यवस्थित बन्न थालेको छ । गढवा गाउँपालिका क्षेत्र भित्र रहेका २९ वटा सरकारी बिद्यालयहरु संगै सम्पुर्ण निजी बिद्यालयहरु समेत बुधवारदेखि खुल्ने भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् ।
कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउदै जोड बिजोड उपस्थितिलाई आधार बनाएर पालिकाभित्र रहेका सबै बिद्यालयहरु खोल्ने गाउँकार्यपालिकाले निर्णय गरेको छ । यसअघि केहि समय एता गढवाका बिद्यालयहरुले गाउँ टोलमा शिक्षकहरु पठाएर समुदाय स्तरमा स्वास्थ्य मापदण्ड अपनाई पठन–पाठन सुरु गरेका थिए ।
सोमवार बसेको गाउँकार्यपालिकाको बैठकले मंगलबार पालिकाभरका प्रअहरुको बैठक आमन्त्रण गरि स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालयहरु खोल्ने निर्देशन दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । मंगलबार सम्पन्न गाउँकार्यपालिकाको बैठकले अन्य बिभिन्न महत्तवपुर्ण निर्णयहरु समेत गरेको बैठकपछि गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।
बैठकमा आ.ब.२०७६÷७७ को महालेखा परिक्षणको प्रतिबेदन माथी ब्यापक छलफल र समिक्षा गरिएको छ । यसैगरि कोभिड–१९ को रोकथाम नियन्त्रण र राहात वितरणमा गत असार मसान्ता सम्म भए गरेका खर्चहरुको सार्वजनिक समेत गरिएको छ । जस अनुसार गाउँपालिकाले लक्षितवर्ग लगायतका बजेटबाट कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि छुट्टाएको तथा सरकारी गैर सरकारी संघसंस्थाबाट प्राप्त गरि कुल १ करोड ८८ लाख २१ हजार ७ सय ५७ रकम मध्ये कुल १ करोड ७६ लाख ५१ हजार ८ सय २७ रुपियाँ खर्च भएको बिस्तृत रिपोर्ट लेखा अधिकृत सम्भूराज आचार्यद्धारा बैठकमा प्रस्तुत गरिएको थियो ।
बैठकबाट गाउँपालिकाको न्यायिक समितिले सम्पादन गर्दै आएको न्याय निरुपणको काममा बढी चाँप भएकोले पालिकाका वडा नं. २,४ र ६ मा मेलमिलाप केन्द्र संचालन गरि बिवाद निरुपण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यसैगरि नेपाल सरकारको शुरक्षित आबास कार्यक्रम अन्तर्गत भवन डिभिजन कार्यालय दाङमा सम्पन्न यहि असोज ६ को बैठकको निर्णयानुसार कार्यविधि बमोजीम कार्यसंचालन गर्न १० दिने सार्वजनिक सुचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
जसको लागि १ देखि ७ नम्बर वडाहरुमा ५३ घरधुरी र वडानं. ८ मा २६ घरधुरीलाई इटा कलरको रातो टिन वितरण गर्न प्रकृया सुरु गर्ने निर्णय भएको प्रबक्ता अधिकारीले जानकारी दिए । यसैगरि चालु आर्थिकबर्षका लागि जिल्ला दररेटलाई आधार मान्दै स्थानीय दररेट समेत कायम गर्ने, घरजग्गा अभिलेखिकरणमा कानूनी प्रकृया बमोजिम गर्ने र हालै संचालन गरिएको सर्पदंश उपचार केन्द्रलाई थप प्रभावकारी ढंगले सेवा बिस्तार गर्ने लगायतका निर्णयहरु भएको गाउँपालिकाले जनाएको छ ।
