
Pes
Sgr
Ses
Djs
cjs
Lnp
Srbpu
Gfs
Rgp
Rgp1
Unsku
Pbu
pku
Ggp

Pvg
Ssm
Ggd
Rgs
Rgu
Sls
Sbs
Rsb
Hal
Bbbpu
nsb
Tsm
Rgu
Vor
Asm
Ksm
Gst
Wsp
Bbu

bbt
Rpp
Pls
Syp
Jmb
Mks
sab
Jmb
Gsb
Ptm
Abd
Bml
Rmb
सुदूरपश्चिम । सुदूरपश्चिमको बैतडी पुर्चुडी नगरपालिकाको त्रिवेणी धाम राताशीलामा महाकुम्भ मेलाको उद्घाटन भएको छ ।
धार्मिक कार्यक्रम ब्यासाचार्य खेमराज ओझाको सभापतित्व तथा सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन गरिएको हो ।
मेलाको उद्घाटन कार्यक्रममा विशिस्ट अतिथि पुर्व मन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी रहनु भएको थियो । त्यस्तै माननीय,नगर प्रमुख लगायत विशिस्ट ब्याक्तित्वहरुको उपस्थित रहेको हिन्दू युवा संघका प्रवक्ता शिरोमणि ओझाले बताउनु जानकारी दिनु भयो । अहिले विराट कोटीहोममा महायज्ञ सञ्चालन भइराखेको छ । गत चैत्र १० गतेदेखि व्यासाचार्य खेमराज ओझाको प्रवचनमा महायज्ञ संचालन हुँदै आएको छ ।
धार्मिक तथा पौराणिक महत्व रहेको उक्त स्थानमा पर्यटन प्रवर्द्धन र प्रचार प्रसारका लागि महायज्ञको आयोजना गरिएको हो । हजारौं हिन्दु धर्मावलम्बीहरुले त्रिबेणि घाटमा स्नान गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष वकिल बहादुर धानुकले बताउनु भयो ।

