
Srbpu
Ggp
Rgp1
Rgp
pku
Pbu
Sgr
Unsku
Lnp

Rgu
Tsm
Hal
Asm
Ssm
Bbu
Rsb
Wsp
Sls
nsb
Rgu
Bbbpu
Sbs
Rgs
Vor
Ksm
Pvg
Gst
Ggd

Jmb
Jmb
sab
Gsb
Syp
Abd
Rpp
bbt
Bml
Mks
Ptm
Rmb
Pls
दाङ । सधैजसो समस्यासँग जुध्ने किसानहरु मध्य एक हुन कुखुरा पालक किसान हरु । मेहनत र लगानी अनुसारको मुल्य नपाउनु एकथरी समस्या त छँदैछ । अर्कोथरी रोग बेलैमा पत्ता नलाग्दा खोर रित्तिएका उदाहरण थुप्रै छन ।
कुखुरा बिक्री गर्ने समयमा मूल्य घट्ने समस्या बर्सेनि किसानले सहँदै आएका छन । महँगो दरमा चल्ला र दाना खरिद गरेर ब्यबसायमा जुटेका किसानहरु मूल्य नपाउदा घाटा ब्यहोरीरहेका हुन्छन । यसतर्फ न सरकारको चासो छ न ब्यबसायी संघको ब्यबस्थापन र भ्याक्सिनको समस्याले पनि किसानको लगानी बालुवामा पानी हालेजस्तै हुन्छ । बेलाबेलामा भ्याक्सिन दिन सबै किसानको पुँजीले भ्याउदैन । बेलैमा भ्याक्सिन दिन नपाउँदा कुखुरा पालक किसान हरु मर्कामा पर्ने गरेका छन । स्थानिय सरकारले अनुदान स्वरुप भ्याक्सिन हरु उपलब्ध गराएपनि वास्तविक किसान हुन पुग्दैन ।
सरकारले उपलब्ध गराउने सबैजसो अनुदानहरु एकद्वार प्रणाली मार्फत किसान समक्ष पुराउन सके यस्तो समस्या केही कम हुने किसान हरु बताउछन । कुखुरा पालन तर्फ ब्यबस्थापन र अज्ञानताले पनि समस्या हुने गरेको छ । खोरको ब्यबस्थापन कसरी गर्ने! कतिकति समयमा कुन भ्याक्सिन दिने! यिनी कुराहरुको जानकारी नहुँदा पनि किसान मर्कामा पर्ने गरेको लमही ६ देउपुरका कुखुरा पालक ऋषि सुबेदीले गुणासो गरे । ‘मूल्य नपाउने समस्या त छँदैछ, भ्याक्सिन र ब्यबस्थापनको समस्याले खोर रित्तिने होकि भन्ने चिन्ता हुन्छ सुबेदीले भने-सबैको आर्थिक पहुँच पनि हुँदैन ।’ महँगो दरमा चल्ला, दाना र भ्याक्सिन खरिदले लगानी उठाउनै हम्मे हम्मे हुने सुवेदी बताउँछन । कुखुराको दाना अहिलेपनि ग्रेड औसतमा ५० किलोको ४२ सय रूपैया पर्न जान्छ ।
यिनै पीडा मर्कामा रहेका कुखुरा पालकहरुलाई लमहीमा एकदिने प्रशिक्षण दिईएको छ । किसानहरुको स्तरवृद्धि गर्न ब्यबस्थापन, तातोचिसो मौसममा स्याहार सुसार, भ्याक्सिन, रोग हरुको बारेमा सिकाईएको हो । कार्यक्रममा हतोत्साहित नभएर निरन्तर मेहनत गर्नुपर्ने धारणा राखेका थिए । नेपाल ओयलहोप एग्रिगेट प्राली (बिजय राणा) कोहलपुरको आयोजना, मुक्तिनाथ पोल्ट्री सप्लायर्स लमही र केसी पोल्ट्री सप्लायर्स गढवाको ब्यबस्थापनमा प्रशिक्षण दिईएको हो ।
दाङ देउखुरीका २ सय बढी कुखुरा पालक किसानहरु उपस्थित भएको प्रशिक्षण कार्यक्रममा नेपाल ओयलहोप एग्रिगेट कोहलपुरका डा सुमन अधिकारी र डा सुवास रेग्मी प्रशिक्षक थिए । सँस्थाका बजार प्रतिनिधि जागृत बुढामगरले सञ्चालन गरेको कार्यक्रमको समापन नेपाल ओयलहोप एग्रिगेट प्राली कोहलपुर शाखा प्रमुख रामचन्द्र रिजालले गरेका थिए ।

