
Lnp
cjs
Srbpu
Ggp
Sgr
Unsku
Pes
Rgp
Rgp1
Gfs
pku
Djs
Ses
Pbu

Rgu
Rgu
Hal
Tsm
Ssm
Ggd
Rsb
Pvg
Sbs
nsb
Asm
Gst
Vor
Ksm
Sls
Wsp
Bbu
Rgs
Bbbpu

sab
Syp
Mks
Abd
Rpp
Pls
bbt
Jmb
Ptm
Rmb
Jmb
Bml
Gsb
दाङ । वन वातावरण र जैबिक बिविधताको संरक्षण सम्बर्धनमा सबै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरीले आग्रह गर्नुभएको छ ।
वन तथा वातावरण संर।क्षण समन्वय समिति गढवाको १३ औं बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो । गढवा र राजपुरका सबै समुदायिक वन समूहहरुसंग समन्वय र सहकार्य गर्दै वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाले गरेका संरक्षणका गतिविधिहरुको प्रशंसा गर्दै मन्त्री चौधरीले वन,वातावरण र जैबिक बिविधताको संरक्षणबाट वातावरणिय प्रभाव अनुकुलन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्न सबै वन समूहहरुलाई आग्रह गर्नु भयो ।
त्यस्तै वन र वातावरण मानव स्वास्थ्यको महत्वपुर्ण अंग भएको उहाँको भनाई थियो । कार्यक्रममा वन तथा वातावरण संस्थाका अध्यक्ष उमाकान्त पन्तले संस्थागत प्रतिवेदन मार्फत गढवा र राजपुरका कैयन वनका बगरलाई हरियाली बनाउने,तारवार गरि संरक्षण गर्ने,चोरी शिकारी र चोरी तष्करी नियन्त्रण गर्न वन हेरालुहरु र गस्ति परिचालन गर्ने र बृक्षारोपणका कार्यक्रमहरु गर्ने गरेको जानकारी गराउनु भएको थियो । समन्वय समितिले तराई भूपरिधी कार्यक्रम,हरियो वन कार्यक्रम, डब्लु डब्ल्यू एफ र वन महासंघ तथा स्थानीय सरकार र वन समूहहरुसंग समन्वय र सहकार्य गर्दै संरक्षणको क्षेत्रमा बिगत १४ बर्ष अगाडी देखि काम गर्दै आएको संरक्षणकर्मि तथा संस्थापक अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्री,गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा,सब डिभिजन वन कार्यालय गढवाका प्रमुख ओम बहादुर वली,वडा सदस्यहरु रेखा थापा,गोबिन्द रोका,नेपाली कागे्रसका मोहन चौधरी,माओवादी केन्द्रका महेश कुमार अधिकारी,राष्टिय जनमोर्चाका कपिलदेव खनाल,गढवा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने,वन महासंघ लुम्बिनी प्रदेश सदस्य लालबहादुर भण्डारी,गढवाका अध्यक्ष नवराज शर्मा, नागरिक समाजका उपसंयोजक खगेश्वर शर्मा,नर्ति समन्वय सुमितिका हरी भुसाल,हिमवन्ती नेपाल दाका उपाध्यक्ष सकुन्तला डिसी,हर्ट फाउण्डेशन दाङका अध्यक्ष रविलाल आचार्य,तराई भूपरिधीका प्रतिनिधी तिलकराम चौधरी र गढवा होटल ब्यवसायि संघका अध्यक्ष दयाराम थापा लगायतले अधिवेशन सफलताको कामना गर्नु भएको थियो ।
यसैगरी अधिवेशनले पुष्पा यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा रमेश कुमार न्यौपाने,सचिव चित्र बहादुर महतरा,कोषाध्यक्ष दुखहरण यादव र सदस्यहरुमा खगेश्वर शर्मा,रुमा अर्याल,सरस्वती योगी,सरस्वती चौधरी,भिमराज रिजाल र गुरुदिन यादव निर्बिरोध निर्वाचीत हुनु भएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा चन्द्र पुरी र सदस्यहरुमा किरण बिक तथा मोहनलाल चौधरी चयन हुनु भएको छ । संसथाका उपाध्यक्ष पुष्पा यादवको स्वागत मन्तब्यबाट सुरु भएको अधिवेशन उद्घाटन सत्रको सञ्चालन ओभा पाठकले गर्नुभएको थियो ।

