
Pes
Pbu
pku
Srbpu
cjs
Rgp1
Sgr
Ses
Unsku
Gfs
Lnp
Rgp
Ggp
Djs

Ggd
nsb
Ksm
Wsp
Rsb
Vor
Sls
Rgu
Bbu
Gst
Ssm
Sbs
Hal
Pvg
Rgs
Asm
Rgu
Bbbpu
Tsm

Mks
Gsb
Bml
Jmb
Pls
Rmb
bbt
Rpp
Abd
Syp
Jmb
sab
Ptm
दाङ । लमहीमा स्थानीय सरोकारवालाहरुको बीच शिनोमा विषको प्रयोगमा रोक सम्बन्धि एक दिने गोष्ठी कार्यक्रम मंगलबार लमही-८ उच्चा निम्बुमा सम्पन्न भएको छ ।
उच्चा निम्बु सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता तथा सव डिभिजन वन कार्यालय लमहीका प्रतिनिधि मुरारी शर्माको प्रमुख आतिथ्यतामा भएको गोष्ठी कार्यक्रममा गिद्धको महत्त्व र फाइदा तथा संरक्षण आहार व्यवस्थापन सम्बन्धि प्रशिक्षणसंगै व्यापक छलफल भएको थियो ।
नेपाल पन्छी संरक्षण संघको आयोजना तथा उच्चानिम्बु सामुदायिक वन उपभोक्ता समुह र डिभिजन वन कार्यालय लमहीको सह-आयोजनामा भएको गोष्ठीमा समुहका पदाधिकारी,स्थानीय समाजसेवी विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।
उक्त गोष्ठीको प्रशिक्षणमा नेपाल पन्छी संघका प्रयोजना अधिकृत भुपाल नेपाली,जीव विज्ञ दिलिप चन्द,पशु स्वास्थ्य शाखा लमहीका प्राविधिक गणेश चौधरी रहनु भएको थियो । कार्यक्रममा करि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किशोर कुमार घर्ती मगर,उच्चा निम्बु सामुदायिक वन समूहका पुर्व अध्यक्ष नारायण मजगैया,समाजसेवी पदम योगीको सहभागी रहेको कार्यक्रमको संचालन समुहका सहसचिव कृष्ण चौधरीले गर्नु भएको थियो ।

