शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, चैत्र २७, २०७९

दाङ । देउखुरीको गढवा गाउँपालिकाले अपांगता भएका ख र ग बर्गका नागरिकहरुलाई कपडा धुने सरफ बनाउने सिप सिकाएको छ ।

नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता लिन नपाउने वर्गका अपांगता भएका नागरिकहरुलाई सिप सिकाएर आयआर्जन गर्न सक्ने बनाउने अभिप्रायका साथ सरफ बनाउने तालिम सिकाईएको गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाको महिला तथा वालवालीका शाखाको आयोजनामा सम्पन्न उक्त तालिममा १६ जना अपांगता भएका नागरिकहरुले सरफ बनाउने सिप सिकेका छन् । सात दिनको तालिमबाट कपडा धुने सरफ बनाउन सक्ने भएको तालिमका सहभागिहरुले बताएका छन् ।

सोडा र क्षारलाई मिक्स गरि १० मिनट सम्म हातमा पंजा लगाएर राम्रोसंग मोल्ने र त्यसमा बिभिन्न प्रकारका केमिकल पाउडरहरु मिक्स गरेर मोलेपछि सरफ तयार हुने प्रशिक्षक तथा नागरिक सिप समाजका अध्यक्ष बिष्णु थापाले जानकारी दिनुभयो । सरफ बनाउनकालागि ब्राईट नट पाउडर, जि साल्ट (नून), कलर दाना, सेण्ट, खानेसोडा, एओएस पाउडर, टिएसपि,एसएसईएस, एसटिपिपि, सिएमसि पाउडरहरु, ड्राई सोडिएम फाष्फेट, सोडिएम ट्राईपोली फष्फेट, र कार्बोसिट मेट्री लगायत १४ प्रकारका केमिकलहरु प्रयोग गरिने प्रशिक्षक थापाले जानकारी दिनुभयो ।

यत्ति धेरै केमिकल हालेर बनाएको सरफ महंगो र एक नम्बर गुणस्तर बन्ने उहाँले बताउनु भयो । यसभन्दा कम मूल्य र क्वालीटीको बनाउन सिंगमरमर,युरीया र नून थप गर्न सकिन्छ । बजारमा पाईने आम सरफ यहि भएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो । गत चैत्र २१ गतेदेखि सुरु भएको सरफ बनाउने तालिम एक कार्यक्रमका बिच सोमवार समापन गरिएको छ । गढवा गाउँपालिकाका गाउँकार्यपालिकाका सदस्य मानबहादुर नेपालीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिएको हो । कार्यक्रमको सहजीकरण महिला वालवालीका शाखाका प्रमुख पे्ररणा चन्दले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]